फाेहाेरमैला व्यवस्थापन केन्द्र स्थापना र संचालन गर्न नगरपालिकाले रू. ६,१०,५१,०००/- कराेडकाे रकम लागत अनुमान गरेकाे छ । फाेहाेरमैलाकाे व्यवस्थापन गर्दा सरकारले तत्काल र दीर्घकालिन याेजना बनाउने क्रममा याे वातावरण उपक्षेत्र अन्तर्गत गरिने कार्यक्रमकाे रूपमा ल्याइएकाे याेजना हाे ।
फाेहाेरमैला व्यवस्थापन याेजना निर्माण गरी ५ वर्षको अवधीमा फाेहाेरमैला व्यवस्थापनका लागि पूर्वाधार विकास, फाेहाेरमैला व्यवस्थापन केन्द्र स्थापना, दैनिक उत्सर्जन हुने ठाेस फाेहाेरकाे संकलन, वर्गीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन र दुना टपरीजस्ता स्थानीय वातावरणमैत्री वस्तुहरूकाे प्रवर्दन कार्यक्रम संचालन गर्ने याेजना रहेकाे छ ।
फाेहाेरमैला व्यवस्थापनकाे काम सार्वजनिक निजी साझेँदारीकाे अवधारणा अनुसार गरिने छ ।
नगरभित्रका कलकारखाना, यातायात, व्यवसाय, सार्वजनिक स्थलहरू अव्यवस्थित भएका कारण, र अावसीय राेजाइकाे नगरपालिका समेत रहेकाे हुदाँ बढ्दाे जनसंख्याका साथसाथै फाेहाेरमैला व्यवस्थापन एउटा चुनाैतीकाे रूपमा प्रस्तुत भएकाे छ ।
नगरपालिकाकाे दुरदृष्टिमा भएकाे “स्वच्छ, शान्त, समृद पर्यटकीय नगर बूढानीलकण्ठ” मा समेत स्वच्छ वातारणीय पक्षलाइ महत्व दिएकाे हुँदा, फाेहाेरमैला व्यवस्थापन गरी वातावरण संरक्षण गर्नका लागी नगरपालिकाले गुरु योजना निर्माण गरि कार्यान्वयनमा ल्याएको हाे ।