बुढानीलकण्ठ, पौष १७ गते । 

बुढानीलकण्ठ नगर स्तरीय “चौथो रााष्ट्रपति रनिङ् शिल्ड” प्रतियोगिताको उपाधि फेरी पनि बुढानीलकण्ठ स्कुलले हात पारेको छ ।

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” नारा सहित बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा पौष १४ गते देखि पौष १७ गते सम्म सञ्चालन भएको प्रतियोगितामा बुढानीलकण्ठ स्कुलले १६ वटा स्वर्ण पदक, ८ रजत र ६ वटा कांस्य पदक हात पारे सँगै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

बुढानीलकण्ठले यस अघिको प्रथम, दोस्रो र तेस्रो संस्करणको उपाधि पनि जितेको थियो । लगातार तिन वटा संस्करणको उपाधी हात परे सँगै रनिङ शिल्डमा आफ्नो सकुलको नाम लेख्न बूढानीलकण्ठ नगरपालिकाकै पहिलो विद्यालय हुन सफल भएको थियो ।

उपाधिसंँगै बिजेता समुहले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको द्वित्तिय ट्रफिको लागि ५ वटा स्वर्ण पदक, ३ वटा रजत पदक र ३ वटा कांस्य पदक जितेर वडा नं ०३ को बुढानीलकण्ठ मा.वि. उपबिजेता बनेको छ । उपाधि साथै बुढानीलकण्ठ मा.वि. ले नगद रु. ३० हजार हात परेको छ ।

यस्तै वडा नं ०३ नारायण्स्थानमा रहेको श्री बाल उद्दार मा.वि. र गणेश मा.वि. ले तेश्रो उपाधी र नगद रु. २० हजार प्राप्त गरेको छ । उपाधीको लागी श्री बाल उद्दार मा.वि. ले ५ स्वर्ण पदक, १ रजत पदक र ४ वटा कांस्य पदक तथा गणेश मा.वि. ले ५ स्वर्ण पदक, १ रजत पदक र १ वटा कांस्य पदक पाएका थिए । प्रतियोगिताको कार्यविधी अनुसार तृत्तिय पुरस्कारको उपाधी २ वटा विद्यालयले पाउने प्रावधान रहेको छ ।

प्रतियोगिताको आज समापन कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनितालामा, नगर प्रवक्ता नवराज भट्टराई, समाजिक विकास समिति संयोजक शान्ता पुडासैनी, नगर खेलकुद संयोजक सुमन तामाङ, कार्यपालिका सदस्य मेन्दुक शेर्पा, मिना बयलकोटि, वडा नं ०२ अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं ५ अध्यक्ष कृष्ण ठकुरी वडा नं ०६ अध्यक्ष रावि खड्का, वडा नं ०९ अध्यक्ष सुमित्रा त्रिपाठि पाण्डे, वडा नं ११ अध्यक्ष राजय अधिकारी लगायत प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम अर्याल, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले संयुक्त रुपमा विजेता समुह र खेलाडिहरुलाई शिल्ड, नगद पुरस्कार, मेडल र प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो ।

विद्यार्थिहरुको खेल प्रतिभा र खेल प्रतिको रुचिको उच्च मुलयाङ्कन गर्दै नगर प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य र खेललाई सधै सँगै लैजानु पर्ने कुरामा जोड दिनु भयो । हरेक विद्यालयले आफ्ना विद्यार्थिको शिक्षा मात्र नभई उनिहरुको खेल प्रतिभाको प्रस्फुटन हुने गरी शैक्षिक पाठ्यक्रम निर्माण गर्न निर्देशन समेत दिनु भएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा सहभागि विद्यालय तथा राष्ट्रिय/अन्तराष्ट्रिय स्तरका प्रशीक्षक, रेफ्रिहरुलाई सम्मान गरिएको थियो ।

सामुदायिक र संस्थागत ४० वटा माध्यमीक विद्यालयहरू सहभागी भएको यस प्रतियोगितामा भलिबल (छात्र तथा छात्रा), कबड्डी (छात्र तथा छात्रा), ट्रयाक दौड र रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो , मार्सल आर्ट, उसु लगायत तेक्वान्दो जस्ता खेलहरु समावेश थिए । जसअन्तर्गत १४९३ जना खेलाडिहरुले खेलहरुमा प्रत्यक्ष सहभागिता जनाएको आयोजकले विवरण दिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय