बूढानीलकण्ठ, भदौ ०७ गते ।

बूढानीलकण्ठ नगरपालिकामा नक्सा पास तथा भवन निर्माण व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन अनलाईन प्रणाली eBPS (Eelectronic Building Permit System) लागु गर्न लागेको छ ।

सोही प्रणाली सम्बन्धी आज नगरपालिकाको आयोजना र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को प्राविधिक सहयोगमा नगरपालिकामा रहेका नगरपालिकाका प्राविधिक शाखा, पूर्वाधार विकास शाखा, कन्सल्टेन्सीहरु तथा सरोकारवाला शाखाका कर्मचारीलाई दुई दिने प्रशिक्षण सुरु भएको हो ।

तालिमको आज पार्क भिलेज रिसोर्टमा नगरप्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारिले प्रविधिमैत्री नगर स्थापना गर्ने अभियानको यो प्रारम्भिक सुरुवात भएको बताउनुभएको छ ।

“समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रियालाई पारदर्शी गर्न नगरपालिकाले eBPS प्रणाली लागु गर्न लागेको हो”, उहाँले जोड्नुभयो, ” यसको प्रयोगबाट कोही पनि सेवाग्राही नक्साको फाईल बोकेर कार्यालयमा आईरहनु नपर्ने, भ्रष्टाचारमा कमि हुने र घरमै बसेर अनलाईनबाटै रकम भुक्तानी गर्न सकिने भएकोले यो प्रभावकारी हुनेछ भन्ने नगरपालिकाले विश्वास गरेको छ” ।

ईलेक्ट्रोनिक बिल्डिङ प्रणाली eBPS भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित गर्न बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको अनलाईन प्रणाली हो । यस प्रणाली लाई बूढानीलकण्ठ नगरपालिका को आधिकारीक वेवसाईट www.budhanilkanthamun.gov.np मा गई इ-गभर्नेन्स Section मा वा सफ्टवेयरहरू भन्ने Menu मा गई घर नक्सा पास प्रणालीमा Click गरी यस System लाई खोल्न सकिने आई.टि. ईन्जिनियर शान्तराज पौडेलले जानकारी दिनुभएको छ ।

यस घर नक्सा पास प्रक्रियमा सम्बन्धीत घरधनी, घर नक्सा डिजाईनर, नगरपालिका पूर्वाधार दर्ता शाखा, प्राविधिक शाखा र वडा कार्यालय हरुको संलग्नता रहनेछ ।

तालिमको पहिलो दिन आज UNDP बाट प्रतिनिधित्व गरी आउनु भएका यस तालिम संयोजक वर्षा चित्रकारले कार्यक्रमको औचित्य बारे प्रस्तुतिकरण मार्फत प्रकाश पार्नु भएको थियो ।

तालिमको प्रशिक्षकको रुपमा ईनोभेटिभ सोलुसन बाट सुरेश थापा मगर सर, सगुन राज शाक्य र अञ्जित शाक्य आउनुभएको थियो ।

आज भएको तालिम उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख मिठाराम अधिकारी, पूर्वाधार विकास समिति संयोजक एवं वडा नं ०१ अध्यक्ष सुरेन्द्र लामा, नगर प्रवक्ता नवराज भट्टराई, सुशासन समिति संयोजक शम्भु प्रसाद भट्टराई, वडा नं ०२ अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं ०६ अध्यक्ष रवि खड्का, वडा नं ०७ अध्यक्ष वस नारायण महर्जन, वडा नं ०९ अध्यक्ष सुमित्रा त्रीपाठि पाण्डे, कार्यपालिका सदस्य सुनिता शिवा, मेन्दोक लामा शेर्पा, राम कुमार रोक्का, सुचना अधिकृत केदार प्रसाद खड्का, पूर्वाधार विकास महाशाखा प्रमुख सुनिल महर्जन, सूचना प्रविधि अधिकृत शान्तराज पौडेल, तालिम संयोजक वर्षा चित्रकार, प्रशिक्षक सुरेश थापा मगर सर, सगुन राज शाक्य र अञ्जित शाक्य लगायत नगरपालिकाका ईन्जिनियर, विभिन्न कन्सलटेन्सीका ईन्जिनियर र नगरपालिका सरोकारवाला महाशाखा, शाखा कर्मचारीको उपस्थिति रहेको थियो ।

eBPS भनेको के हो ? 

ईलेक्ट्रोनिक बिल्डिङ सिस्टम भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित गर्ने अनलाईन प्रणाली हो ।

यसको प्रमुख विशेषताहरु के-के छन् ?

नक्सा पास प्रक्रिया लाई पारदर्शि सरल र जनता मुखी बनाउने यस्को उद्देश्य रहेको छ ।

अनलाईन घर नक्सा पास प्रक्रियाको लागि फाईल बोकेर सेवाग्राही नगरपालिका कार्यालय र कुनै वडा कार्यालय धाउनु पर्ने छैन । अनलाईन को माध्यम द्वारा घर नक्सा पास प्रक्रिया नगरपालिकामा दर्ता वाला डिजाईनरको सहयोगमा इन्टरनेटको सुविधा भएको कम्प्युटर बाट काम सुरू गर्न सकिन्छ ।

फाईल Tracking को व्यवस्था रहेको हुदाँ आफ्नो फाइल कुन समयमा कुन शाखा वा डेस्क वा वडा कार्यलयको डेस्कमा पुग्यो भन्ने कुरा स्वयं सेवाग्राहीले अनलाईनको माध्यम द्वारा हेर्न सक्नेछन ।

यस्को अर्को विशेषता भनेको घर नक्सा पास सम्बन्धी मापदण्ड लाई strictly चेक गर्ने गर्दछ । न्यूनतम सेटब्याक छोड्नु पर्ने अवस्थामा उक्त अंक नहाली सिस्टमा ले इन्ट्री गर्न दिदैन । जस्तै न्यूनतम २ मी. सेट ब्याक छोड्नु पर्दा १ मि. भनेर हाल्दा सिस्टम ले इन्ट्री लिदैन ।जसका कारण मानविय त्रुटीका कारण भवन निर्माणमा हुने लापरबाही तथा कमजोरी पुर्ण रूपले कम हुनेछ ।

टेक्निकल डेस्क र फिल्ड निरिक्षण गरी सबै कुरा ठिक ठहरे पछि भवन निर्माण इजाजत पत्र प्रदान गरिनेछ ।
भवन निर्माण इजाजत पत्र प्रदान गरे पछि सो फाईल अर्काईभल डेस्क मा पठाइनेछ र अर्काईभ भएर बस्नेछ । जस्ले गर्दा पछि उक्त फाईल खोज्नु परेर छोटो समयमा नै उपलब्ध हुनेछ र सेवा प्रवाहमा छिटो छरितो हुनेछ ।

यस अघि धेरै कागजात बोकेर प्रक्रिया अगाडि बढाउनु पर्ने भएकोले प्रक्रिया कठिन र झन्झटिलो थियो ।अब भवन नक्सा स्वीकृतिको लागि घरमै बसेर दर्ता वाला डिजाईनरको सहयोगमा इन्टरनेटको सुविधा भएको कम्प्युटर बाट काम सुरू गर्न सकिन्छ ।

डिजिटल सिग्नेचर कार्यान्वयन मा आई नसकेकोले कागजात पनि बुझाउनु पर्नेछ । यो कार्यको सुरू भएको अवस्थामा कागजातको प्रयोग न्यून रहने छ ।

यसको प्रक्रियाः

कार्यालय ले सुचीकृत इन्जिनयर तथा डिजाइनरहरू लाई Id password उपलब्ध गराउनेछ ।

सोही id password प्रयोग गरेर अनलाईन मा आधारित web application द्वारा डिजाइनर ले नक्सा पेश गर्न सक्ने छन ।
अनलाईनको माध्यम द्वारा जग्गाको विवरण, घरको नक्सा, नापि नक्सा सम्बन्धि विवरण भर्नु पर्दछ ।

त्यस्तै भवन निर्माण मापदण्ड र भवन आचारसंहिता सम्बन्धी विवरण तथा व्यवस्थापन यसै सिस्टम मा भर्नु पर्दछ ।
साथै सम्पुरण टेक्निकल विवरण architectural, structural, electrical लगायत डेटा हरु भर्नु पर्नेछ ।

टेक्निकल डेटा संग सगै कागजात हरू जस्तै घरधनीको लालपुर्जा, नागतिकता को कागजात, blue print,, घरको नक्सा drawing स्कान गरि upload गर्नु पर्नेछ

त्यसपछि डिजाइनर ले नगरपालिकाको को registartion desk मा सम्पुर्ण विवरण पठाउन सक्ने छ।
Registration desk le form भरेको वा कागजात हरू मिले नमिलेको चेक जाँच गर्ने छ । नमिलेको भए कमेन्टस सहित सच्याएर फिर्ता पठाउने छ ।

ठिक भए टेक्निकल डेस्कमा forward हुनेछ ।

तेस्मा भवनको भूईक्षेत्र faar र ground coverage मापदण्ड अनुसार भए नभएको लागायत अन्य टेक्निकल कुरा हरू चेकजाँच गरिनेछ ।

येस्मा manual complience check र auto system compliance check को विवरण जाँच गरिनेछ ।
सबै विवरण ठिक भए राजश्व वा revenue desk मा forward गरिने छ।

घरले चर्चेको क्षेत्रफलको आधारमा सिस्टमले स्वतः राजश्व हिसाब गर्दछ ।

यस सिस्टममा Apllication File track द्वारा फाइल कुन डेस्क वा शाखामा गयो र कुन डेस्क मा छ भन्ने पत्ता लगाउन सकिनेछ ।

विभिन्न सूचना तथा मुचुल्का हरु सिस्टमले नै generte गर्नेछ । फिल्ड निरिक्षण विवरण टेक्निकल पर्सन द्वारा system मा नै भरिन्छ र अन्त्यमा सबै कुरा ठिक भएमा भवन निर्माण इजजात पत्र प्रदान गरिने छ ।

भवन निर्माण इजाजत पत्र प्रसान गरे पछि सो फाईल अर्काईभल डेस्क मा पठाइनेछ र अर्काईभ भएर बस्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय