बूढानीलकण्ठ नगरपालिकाको बार्षिक स्विकृत कार्यक्रमबाट मुख्य कृषि क्षेत्रहरुलाई मध्यनजर गर्दै किसानहरुको माग अनुसार ५० प्रतिशत अनुदानमा मिनिटिलर (ट्रायक्टर) वितरण गरिएको छ । 

कृषि शाखाले प्रकाशित गरेको सुचना अनुसार किसानहरुको मागलाई सम्बोधन गर्दै नगरपालिकामा दर्ता भएका १७ वटा कृषक समूह तथा फर्मलाइ मिनिटिलर वितरण गरिएको हाे । 

कृषकहरुलाई पौष ३ गते नगरपालिकाको प्राङ्गणमा ट्राक्टर वितरण गर्दै ट्रायक्टर चलाउने सम्बन्धी अभिमुखिकरण समेत दिईएको थियो । वितरण भएका ट्राटक्टर मध्य ११ वटा पेट्रोल बाट संचालन हुने थिए भने डिजेल बाट संचालन हुने ६ वटा थिए ।

कृषि शाखा प्रमुख लक्ष्मी घर्तिका अनुसार बजार मुल्य ४५ हजार पर्ने पेट्रोलबाट संचालित ट्रायक्टर कृषकहरुलाई ५०% अनुदानमा जम्मा २२ हजार ५ सय परेको छ । यस्तै बजार मुल्य ६५ हजार पर्ने डिजेलबाट संचालित ट्रयाक्टर कृषकहरुले ३२ हजार ५ सय मा पाएका हुन् ।

 

नगरपालिकाको किसानहरुलाई कृषि उत्पादनमा विभिन्न समस्याहरु देखापरी रहेको स्थितिमा किसानहरुको उत्पादन सरल तथा समय न्युनिकरण गर्नको लागि यस वितरण कार्यक्रमले कृषि क्षेत्रमा महत्वपुर्ण भुमिका लिने विश्वास लिएको बूढानीलकण्ठ नगरपालिका उपमेयर अनिता लामाले बताउनुभयो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय