बैशाख २१, २०८२ ।

बुढानीलकण्ठ नगरपालिकाद्वारा सञ्चालन हुने निःशुल्क लोकसेवा तयारी कक्षाको लागी आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

नगरपालिकाले “स्वदेशमै वसीं, स्वदेशमै काम गरी” भन्ने नीतिअन्तर्गत निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको सूचना मार्फत जानकारी दिएको थियो ।

इच्छुक तथा योग्य नागरिकहरूले अनलाइन फाराम आजको मिति सम्म नगरपालिकाको प्रशासन महाशाखामा आवेदन दिन सक्नेछन्।

कक्षा नायब सुब्बा तथा सहायक पाँचौँ तहको प्रथम, द्वितीय र तृतीय पत्रको तयारीका लागि सञ्चालन हुनेछ। छनोटमा स्थानीय बासिन्दा, विपन्न, एकल महिला, लोपोन्मुख समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विज्ञापित पदहरूमा दरखास्त दिएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ।

आवेदन दिनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, फोटो लगायत आवश्यक कागजातहरू अनिवार्य छन्।

आवेदन फाराम https://forms.gle/YnEidY3UYbLZGrnu6 लिंकमार्फत भरिनेछ।

थप जानकारीका लागि कार्यालयको फोन नं. ०१-४३७२७२५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय