बुढानीलकण्ठ, माघ ०९ गते ।
बुढानीलकण्ठ नगरपालिको कार्यालयमा राष्ट्रिय परिचयपत्रको लागी विवरण दर्ता गराउनु भएका नगरवासीहरु मध्ये Dear ….….. your NID card has been received at Budhanilkantha Municipality. You can collect your card within office hours. Best regards, DoNIDCR भनि मोवाईलमा मेसेज प्राप्त गर्नुभएका महानुभावहरुको राष्ट्रिय परिचयपत्र काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमलको कोठा नं. १३५ बाट वितरण हुने उक्त कार्यालयले सुचना मार्फत जानकारी दिएको छ ।
त्यस किसिमको मेसेज आएको व्यक्तिले राष्ट्रिय परिचयपत्र को विवरण दर्ताको Confirmation Page, नागरिकता प्रमाण पत्र / प्रतिलिपी र राष्ट्रिय परिचयपत्र तयार भएको मेसेज लगायतका कागजातहरु लिई सम्बन्धीत व्यक्ति स्वयम् नै जिल्ला प्रशासन कार्यालय बबरमलमा सम्पर्क राखी राष्ट्रिय परिचयपत्र प्राप्त गर्नुहुन सर्वसाधारणको जानकारी लागी सूचना जारी गरिएको छ ।