बुढानीलकण्ठ नगरपालिकाले स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगर क्षेत्रमा होमस्टे व्यवसाय सञ्चालनको लागी प्रमाण पत्र वितरण सुरु गरेको छ ।

नगरपालिकाले सञ्चालन गरेको होमस्टे तालिमबाट तालिम प्राप्त व्यवसायिहरुले सञ्चालन गर्न लागेका आफ्नै व्यवसायलाई अनुमति सहित प्रमाण पत्र वितरण कार्य सुरु भएको हो।

उपप्रमुख अनिता लामा लगायत नगर उद्योग पर्यटन शाखाको टोलि व्यवसाय स्थलमै पुगि अवलोकन तथा निरिक्षण गर्दै उहाँहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको छ ।

नगर उद्योग तथा पर्यटन शाखाले २०८१ साल चैत्र १७ गतेदेखि १९ गतेसम्म (३ दिन) ५० जना लाई तालिम दिएको थियो ।

नगर उपप्रमुख लामाले होमस्टे व्यवसाय नगरको आर्थिक विकास र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नगरपालिकाले आगामी दिनमा थप होमस्टे व्यवसायीहरुलाई दर्ता प्रक्रिया अघि बढाउँदै आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय