बुढानीलकण्ठ नगरपालिकाले नगरवासीलाई कर दाखिला गर्न आग्रह गर्दै एक सार्वजनिक सूचना जारी गरेको छ। सूचना अनुसार नगरपालिकाको आर्थिक ऐनअनुसार सम्पत्ति कर, भूमिकर, बहाल कर, व्यवसाय कर लगायतका बाँकी रहेका करहरू र तीसँग सम्बन्धित जरिवाना समयमै तिर्न नगरवासीलाई आग्रह गरिएको छ।

नगरपालिकाले सम्बन्धित सबै करदातालाई आ-आफ्नो वडा कार्यालयमा गई तोकिएको समयसीमाभित्र कर दाखिला गर्न अनुरोध गरेको हो। समयमै कर नतिरेमा जरिवानाको सम्भावना रहेको हुँदा त्यस्तो अवस्थाबाट बच्न नगरवासीले सचेत रहनुपर्ने सूचना मार्फत् बताइएको छ।

नगरपालिकाले करदाताहरूको समयमै सहभागिता नगरको समग्र विकास निर्माणमा टेवा पुग्ने र सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि हुने विश्वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय