नगरभित्रका हेल्थ पाेष्टमाहरूमा हप्तामा २ दिन चिकित्सकद्वारा सेवा प्रदान भइरहेकाे छ । 

मंहाकाल स्वास्थ्य चाैकी र बूढानीलकण्ठ स्वास्थ्य चाैकीमा आइतबार र साेमबार, कपन स्वास्थ्य चाैकी र भद्रकाली  स्वास्थ्य चाैकीमा मङ्गलबार र बुधबार, चुनिखेल स्वास्थ्य चाैकी र चपली भद्रकाली स्वास्थ्य चाैकीमा विहिवार र शुक्रबार का दिनहरूमा २ जना चिकित्सकहरू परिचालित हुनु भएकाे छ ।

बूढानीलकण्ठ वडा नंं. १ देखी ७ सम्म डा. अंकित पाैडेल, र वडा नंं. ८ देखी १३ सम्म डा. कृष्णादेवी श्रेष्ठले तालिकाबद्द रूपमा यि दिनहरूमा नियमित बहिरङ्ग सेवा प्रदान गरिरहनु भएकाे छ । 

संघीय सरकारले स्वास्थ्य चाैकीहरूमा चिकित्सक सेवा प्रदान नगर्ने हुँदा नगरवासीहरूकाे आभारभूत स्वास्थ्य सेवामा नगरपालिकाबाट नै चिकित्सककाे सेवा थप गरिएकाे स्वास्थय महाशाखाबाट उमेश ढकाल ज्यूले जानकारी गराउनु भएकाे छ ।  

याे सेवा पहिले बूढानीलकण्ठ स्वास्थ्य चाैकी र कपन स्वास्थ्य चाैकीमा मात्रै प्रदान हुने गरेकाे थियाे । काेभिड-१९ काे कारणले स्थगीत भइ पुनः पुषबाट सुचारू भएपश्चात याे सेवा नगरभित्रका सबै  स्वास्थ्य चाैकीहरूमा उपलब्ध गराइएकाे छ  ।

संविधानले आभारभूत स्वास्थ्य सेवाकाे जिम्मेवारी स्थानिय सरकारलाई दिएकाे हुँदा, गुणस्तरीय स्वास्थ्य सेवामा नगरवासीकाे पहुच सुनिश्चित गर्नका लागी नगरपालिकाकाे यस प्रयासकाे पूर्ण लाभ लिनुहुन सम्पूर्ण नगरवासीहरूमा नगरपालिकाले अपिल गरेको छ। 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय