बुढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाको आयोजनामा मेनोपोज (रजोनिवृत्ति) सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सञ्चालन भइरहेको छ। यसै सिलसिलामा वडा नं. ५ को डाँडा गाउँमा आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ, जसमा नगरपालिकाकी उप-प्रमुख अनिता लामाको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उप-प्रमुख लामाले महिलाहरूको उमेरसँगै आउने शारीरिक र मानसिक परिवर्तनलाई सही ढंगले व्यवस्थापन गर्न यस्ता सचेतना कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। उहाँले महिला स्वास्थ्यप्रति नगरपालिका सधैँ गम्भीर र प्रतिवद्ध रहेको समेत स्पष्ट पार्नुभयो।

यस अभियानलाई थप प्रभावकारी बनाउन नगरपालिकाले आगामी कार्यक्रमहरूको तालिका समेत सार्वजनिक गरेको छ। जसअनुसार वडा नं. १०, ११, १२ र १३ का लागि २०८३ साल वैशाख १६ गते दिउँसो २ बजे बालउद्धार माध्यमिक विद्यालय, वडा नं. १० मा कार्यक्रम आयोजना गरिनेछ। त्यसैगरी, बाँकी वडाहरू १, २, ३, ४, ६, ७, ८ र ९ का लागि वैशाख १७ गते बिहान ११ बजेदेखि नगरपालिकाको सभाहलमा विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ।

कार्यक्रममा ह्याम्स अस्पतालकी वरिष्ठ गाइनोलोजिष्ट डा. करिष्मा पाण्डेले मेनोपोजको समयमा महिलाहरूले सामना गर्नुपर्ने स्वास्थ्य चुनौती र त्यसको समाधानका उपायबारे परामर्श प्रदान गरिरहनुभएको छ। सहभागी महिलाहरूलाई मेनोपोजपछिको जीवनशैली, पोषण र नियमित स्वास्थ्य जाँचको महत्वबारे जानकारी दिइएको छ। महिलाहरूको स्वास्थ्यप्रति जागरूकता बढाउँदै स्वस्थ र सशक्त समाज निर्माण गर्ने उद्देश्यले सञ्चालित यो अभियानलाई स्थानीयस्तरमा निकै सकारात्मक कदमको रूपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय