बूढानीलकण्ठ, मंसिर २९ गते । दक्ष जनशक्ति उत्पादन गरि गरिबी निवारण गर्नका लागि बूढानीलकण्ठ नगरपालिका अग्रसर रहेकाे छ । यसका लागि नगरपालिकाले विभिन्न समयावधीमा सिपमुलक कार्यक्रमहरू संचालन गर्दै आएकाे छ ।  बूनपा वडा नं. ११ स्थित सूर्यमुखी महिला समूहकाे भवनमा “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” (मेडपा) अन्तर्गतकाे ८ दिने तरकारी खेति तथा पशुपालन तालिम मार्फत १८ जना महिलाहरुले एड्भान्स प्रशिक्षण पाएका छन्  ।

मेडपाको दोस्रो चरणको तालिम समापन भए संगै तेस्रो चरणको प्राविधिक सिप विकासको तालिम अन्तर्गत यस तालिम सञ्चालन भएको उद्यम विकास सहजकर्ता जनार्दन मिश्रले जानकारी दिनु भयो । तेस्रो चरणको तालिममा वडा नं ११ का सहभागिहरुले आफुलाई ईच्छा लागेको सिलाई-बुनाई तालिम ,कृषी तालिम तथा अन्य प्राविधीक तालिमहरु प्रदान गरिएको थियो । अहिले  सञ्चालन भएको ८ दिने तरकारी तथा पशुपालन तालिममा सहभागिहरुको ईच्छा र माग अनुसार विज्ञ प्रशिक्षक द्वारा प्रशिक्षण दिईएको मिश्रले बताउनुभयो ।

आय श्रोत बढाउनका लागी घरैमा बसेर आफै उत्पादन गर्न सक्ने गरि लघु उद्यममा संलग्न गराइ गरीबी निवारणमा सहयोग पुर्याउने मुल उद्देश्य रहेको तालिमबाट प्रशिक्षार्थिहरुले तरकारी खेति र पशुपालन सम्बन्धि धेरै नौलो तथा व्यवहारिक जिवन उपयोगि सिप सिक्न पाएकोमा आत्म निर्भर भई आफै उद्यम गर्न हौसला बढेको बताँउछन् ।

तालिमको समापन समारोहमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कि द्वारा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरी नगरपालिकाद्वारा सञ्चालन गरिएको यस किसिमको तालिममा सहभागि भई प्रशिक्षण लिनु भएकोमा सहभागिहरुलाई धन्यबाद दिनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले “नगरपालिकाले महिला सशक्तिकरण तथा महिला उद्यमि उत्पादन गर्ने उद्देश्यका साथ विभिन्न किसिमका  शीपमुलक तालिमहरुको अनुगमन र मुल्याङ्कन गर्दा महिला दिदिबहिनिहरुमा शीप र क्षमताको विकासमा टेवा पुगेको महसुस भएको बताउँनुभयो ।

समापन कार्यक्रममा नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहाल, उद्योग तथा पर्यटन शाखा प्रमुख भोला ढुङ्गाना लगायत मेडपा कार्यक्रम सहजकर्ता जनार्दन मिश्रको उपस्थिति रहेको थियो ।

गरिब तथा बेरोजगार व्यक्तिहरु लक्षित यस कार्यक्रमले विभिन्न किसिमका सिप मुलक तालिमहरु प्रदान गर्दै आएको छ। यसका साथै आफ्नै व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई प्राविधीक सहयोग, ऋण तथा कर्जाको लागी वित्तिय संस्थाहरुसँग सहजिकरण गराईदिने र उत्पादन भएका वस्तुहरुको बजारीकरणमा सहयोग गर्ने योजना मेड्पाको रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय