जेष्ठ नागरिकको संरक्षण, समावेशी र सामाजिक सुरक्षाका लागी नगरपालिकाले ५ वर्षे योजना बनाएको छ ।
यस याेजनाका लागी अनुमानित कुल ३ कराेड बाह्र लाख अठ्सठ्ठी हजार लागत छुट्टयाइने छ । प्रथम आवधिक नगर विकास याेजना (२०७७/०७८ – २०८१/०८२) काे अधिनमा रहि ५ वर्षमा जेष्ठ नगरिकहरूका लागी विभिन्न कार्यक्रम र सेवामुलक क्रियाकलापहरू गरिने छ ।

जेष्ठ नागरिकहरूकाे संरक्षण, स्यहारसुसार र सुरक्षाका लागी नगरपालिकाले ५ वर्षमा जम्मा ६५ जेष्ठ नागरिक मिलन केन्द्र तथा दिवा सेवा केन्द्र संचालन गर्ने याेजना बनाएकाे छ । उहाँहरूकाे ज्ञान, सिप, र अनुभवहरु नयाँ पिडिमा हस्तान्तरन गर्नका लागी ६५ वटा सिप हस्तान्तरन कार्यक्रम समेत समावेश गरिएकाे छ । यसै याेजना अन्तर्गत, ३ वटा जेष्ठ नागरिक भवन निर्माण र वडास्तरका ६५ वटा जेष्ठ नागरिकहरूकाे सम्मान कार्यक्रम गराइने छ ।

नेपालको संविधानमा समेत मौलिक हककाे रुपमा जेष्ठ नागरिकको हकलाई (धारा ४१) सुनिश्चित गरिएको हुँदा जेष्ठ नागरिकहरूलाई स्थानीय स्तरमा उचित सम्मान दिई संरक्षण गर्नुमा नगरपालिका अग्रसर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय