बूढानीलकण्ठ नगरपालिका राजधानी उपत्यकामा रहेतापनि प्राकृतिक सम्पदाले भरिपूर्ण नगरपालिका हो । सुमुद्र सतहदेखि १२८९ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा फैलिएको , प्राकृतिक मनोरञ्जन दिन सक्ने पर्या-पर्यटनका लागि उपयुक्त शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज यसै नगरपालिका सँग जोडिएको छ ।

भालु, घोरल, मृग, नावर, लामपुच्छ्रे, सालक, चितुवा, बँदेल, मालसाप्रो, दुम्सि, निरबिरालो, जस्ता विभिन्न वन्यजन्तुहरु, कालिज, हुचिल, लाषपकोसेरो, बाज, मयूर, लगायतका चराचुरुङ्गिहरु र थुप्रै प्रजातिका पुतलिहरु रहेको यो राष्ट्रिय निकिुञ्ज प्रकृति प्रेमिहरुको आकर्षणको केन्द्रको रुपमा रहेको छ ।

चराचुरुङ्गि अवलोकन , समाशितोष्ण र उपोष्ण हावापानी तथा पृथक परिस्थितिकीय प्रणाली र वासस्थान रहेकोले नगरपालिका जैविक विविधताले धनी रहेको छ । यी प्राकृतिक सम्पदाहरु बूढानीलकण्ठ नगरको पर्यटकिय सम्पत्ति हुन् । त्यसैले यस क्षेत्रमा पर्या- पर्यटनको राम्रो सम्भावना रहेको छ ।

काठमाण्डौ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई खिला चिडियाखानाका रुपमा रुपान्तरण गर्दै निकुञ्ज वरिपरि तारबार लगाई जङ्गली जनावरको वास्तविक वासस्थानका रुपमा विकास गर्न सक्यो भने पर्यटन प्रवर्द्धन हुने विकाश विज्ञ र पर्यटनबिधहरुको अनुसन्धानले बताउदै आएका छन् ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पनि स्वदेशी र विदेशी पर्यटकको आकर्षण रहेको छ । निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७०\७१ देखो २०७४\७५ सम्म बूढानीलकण्ठ नगरपालिका सँग रहेको क्षेत्र पानीमुहान र यसै नगरको सिमाना रहेको टोखा प्रवेशद्वारबाट कुल नेपाली पर्यटकको करिब २२ प्रतिशत , कुल सार्क राष्ट्रका पर्यटकको २३ प्रतिशत  र अन्य राष्ट्रका पर्यटकको करिब २७ प्रतिशत र समग्रमा करिब २२ प्रतिशत पर्यटक निकुञ्ज प्रवेश गरेको विवरण रहेको छ ।

बूढानीलकण्ठ नगरपालिकामा पर्यावरणीय पर्यटनमा सम्भावना उच्च भएकोले नगरपालिकाबाट यस किसिमको पर्यटन प्रवर्द्धन गर्न विभिन्न  योजनाहरु निर्माण भएको पाईन्छ । नगरपालिका भित्र रहेका उपयुक्त पर्यटकिय स्थालहरुमा ईको-पार्क निर्माण कार्य, बूढानीलकण्ठ पर्यटन बोर्ड गठन , बूढानीलकण्ठ पदयात्रा जस्ता विभिन्न कार्यक्रमहरु अघि बढाएको छ ।

यिनै कार्यक्रमहरुको उद्धेश्य पूर्ति गर्न नगरपालिकाले आवश्यक बजेट बिनियोजन गरि सहयोग \समन्वय गरे संगै विभिन्न सेमिनार, गोष्ठि, भेला, तालिम जस्ता माध्यम बाट पर्यटकिय स्थल, पर्यटन व्यवसाय , लगायत पर्यटन सरोकारवालाहरुको प्रवर्द्धन र प्रोत्साहन गर्दै आएको नगरप्रमुख उद्दव प्रसाद खरेल बताउनुहुन्छ । नगरपालिकाको दिर्घकालिन सोच “स्वच्छ, शान्त, समृद्ध, पर्यटकिय नगर बूढानीलकण्ठ” मा पनी पर्यटनलाई समावेश गरि प्राथमिकतामा राखीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय