
बुढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाबाट असल कृषक कार्यक्रम र कौसि खेति प्रतियोगिता संचालन गर्न लागेको छ ।
बुढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाको आ.व.२०८१/८२ को स्वीकृत कार्यक्रम अन्तर्गत असल कृषक कार्यक्रम र कौसी खेती प्रतियोगिता कार्यक्रममा संचालन हुन लागेको हो ।
यस प्रतियोगितामा सहभागि हुनको लागि नगरपालिकाले निर्धारण गरेका प्रतियोगिताको शर्तहरुमा रही यसै नगरपालिका भित्रका कृषक समूह/निजी कृषि फार्म/कृषि सहकारी/कौसी खेती गरिरहेका महानुभावहरुलाई माघ २७ गते सम्म नगरपालिकाको कृषि विकास शाखामा आवेदन दिनुहुन शाखाले जानकारी दिएको छ ।
शर्तहरुः
असल कृषक कार्यक्रममा सहभागिताको लागि न्यूनतम शर्तहरु :
१. प्लाष्टिक टनेल भित्र कम्तिमा ३ रोपनी क्षेत्रफमा न्यूनतम ३ वर्ष देखी खेती गरिएको हुनुपर्नेछ ।
२. स्थानीय सम्बन्धित वडा कार्यालयमा दर्ता तथा नवीकण भएको हुनुपर्नेछ ।
३. कृषक समूह भएमा नगरपालिका कृषि विकास शाखामा दर्ता भएको हुनुपर्नेछ ।
४. सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र निजी कृषि फार्म भए सम्बन्धित वडा कार्यालयमा र कृषक समूह भएमा नगरपालिकाको कृषि विकास शाखामा दर्ता गरी सहभागी हुन सकिनेछ ।
५. आलंकारिक विरुवा नर्सरी/फूल नर्सरी/तरकारीको नर्सरी भएमा कम्तिमा १ रोपनी क्षेत्रफलमा खेती गरिएको हुनुपर्नेछ ।
६. कुनै सम्वन्धित कृक्षक/कृषक समूह/निजी कृषि फार्म/कृषि सहकारी संस्थालाई सरकारी निकायहरु र संघ, प्रदेश वा स्थानीय सरकारबाट दण्ड जरिवाना नभएको (कालो सूची वा अन्य कारवाहीमा (नपरेको) हनुपर्नेछ ।
कौसी खेती प्रतियोगिता कार्यक्रममा सहभागिता को लागि न्यूनतम शर्तहरु :
१. कौसी खेती प्रतियोगितामा सहभागी हुन कौसी खेती गर्ने कृषकहरुको कृषक समूह नगरपालिकामा दर्ता भएको हुनुपर्नेछ । हालसम्म कृषि विकास शाखामा दर्ता नभएका न्यूनतम २ वर्ष देखी कौसी खेती गरी रहेका कृषकले कौसी खेती प्रतियोगिता कार्यक्रममा सहभागी हुनको लागि सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र कृषि विकास शाखामा कृक्षक समूह दर्ता गरी सहभागि हुन सकिनेछ ।