
बुढानीलकण्ठ नगरपालिका वडा नं. २ मा बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुलाई आ.व. २०८१/०८२ को दोस्रो त्रैमासिक किस्ता रकम माघ १२ गते शनिवारको दिन वितरण गर्ने भएको छ ।
वडा अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार प्रभु बैंक सँगको समन्वयमा वडावासीहरुलाई टोलटोलमै गई भत्ता वितरण गर्ने तयारी भएको छ ।
वडाले ३ वटा स्थान तोकेको हुनाले सम्बन्धित सबै लाभग्राहीहरुले आफ्नो नागरिकता, चेक बुक र सामाजिक सरक्षा भत्ता परिचय पत्र सहित उपस्थित भई रकम बुझिलिनु अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
समय र स्थानः
वासिक गणेशस्थान: बिहान ७:१५-८:१५ सम्म
चपली स्वास्थ्य चौकी, महादेव खोला: बिहान ८:३० – ९:०० सम्म
चपली सामुदायिक भवन : बिहान ९ बजे – १०:३० सम्म