बुढानीलकण्ठ नगरपालिकाको नगर स्तरीय सार्वजनिक जग्गा तथा सरकारी सम्पति संरक्षण र उपयोग समितिले पहिलो चरणमा बिभिन्न ७ वटा वडाहरुको ९५ स्थानका जग्गाहरु अवलोकन गरेको छ ।

अवलोकन गरेका मध्य वडा नं. २ को १ वटा, वडा नं. १३ मा १, वडा नं. १० मा ४, वडा नं. ८ मा १ र वडा नं. ६ मा ५ वटा ब्लक नाप जाँच गरी उक्त क्षेत्रमा तार-बारको लागि पोल गाड्ने कार्य भएको समिति संयोजक लक्ष्मी संग्रौलाले जानकारी दिनुभयो ।

उहाँको अनुसार प्राप्त उजुरी उपर ७ वटा सुनुवाइ भईसकेको र अख्तियारको पत्रवाला २ स्थानमा स्थलगत नाप जाँच गरी निर्णय पठाउने कार्य भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय