बुढानीलकण्ठ, माघ २२ गते । 

“उत्साह, एकता, र शक्ति: खेलकूदमा हाम्रो अद्वितीयता!” भन्ने मुल नाराका साथ माघ २४ गते बाट चौथो बुढानीलकण्ठ मेयरकप फुटसल प्रतियोगिता सुरु हुँदै छ ।

बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषदको आयोजनामा माघ २३ र २४ गते गरी २ दिन सञ्चालन हुने प्रतियोगितामा २८ वटा क्लबहरुले भाग लिएका छन् ।

माघ २२ गते नगरपालिका सभाहलमा आयोजित टाईसिट-ड्र एवं पत्रकार सम्मेलन कार्यक्रम मार्फत प्रतियोगिताको सम्पुर्ण खेलहरु निर्धारण भएको छ । खेलको टाईसिट अनुसार पहिलो खेल डिफेन्डिन्ङ च्याम्पियन रेभ फुटबल टिम ‘ए’ र रेभ फुटबल टिम ‘बि’ विच हुने छ ।

खेलको माघ २४ गते बिहान ७ः३० बजे उद्घाटन हुने छ भने उद्घाटनको अवसरमा बुढानीलकण्ठ जनप्रतिनिधि र कर्मचारी विच मैत्रीपुर्ण खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

यस्तै माघ २५ गते हुने समापन समारोहको अवसरमा जनप्रतिनिधि VS पत्रकार विच मैत्रीपुर्ण खेल सञ्चालन हुने छ ।

वडा नं १३, चुनिखेल स्थित रिभरसाईड फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिएका छन् ।

५ ‘A’ शाईड ढाँचामा सञ्चालन हुने खेलहरु नकआउट चरणमा खेलाईने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेतालाई नगद रु. ७० हजार र उपविजेतालाई रु. ३५ हजार पुरस्कार सहित रनिङ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

 

बुढानीलकण्ठ ‘मेयर कप फुटसल प्रतियोगिता’ को चौथो संस्करण माघ २४ गतेबाट

/11399

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय