बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाले बूधबार देखि मल तथा कृषि सामाग्रीहरु वितरण गर्न सुरु गरेको छ।

कृषि विकास शाखाको प्रकाशित सुचनाका अनुसार आएका आवेदनहरुको आधारमा छनौट भएका नगरपालिकाको विभिन्न कृषक समुह, कृषि फर्म , लगायत कृषि सहकारीहरुलाई ५० प्रतिशत अनुदानमा समाग्रीहरु वितरण सुरु भएको हो।

कृषि विकास शाखाको अर्थिक वर्ष २०७७\७८ को स्विकृत आन्तरीक तर्फको योजना अनुसार भर्मिक कम्पोष्ट  मल ६३२५ के.जी. लगायत ‘कोकोपिट’ १६८० के.जी. , विरुवा उमार्न प्रयोग हुने ‘ग्रो व्याग’ २२७० थान, ‘स्प्रेयर’ ५५ थान र ‘ट्रे पिस ‘  ६१० थान वितरण गर्ने लक्ष्य रहेको  कृषि विकास शाखा प्रमुख लक्ष्य घर्तिले जानकारी दिनु भयो।

सामाग्रीहरु विशेष गरी कौसि खेतिमा संलग्न रहेका कृषकहरुको लागि प्राथमिकताका आधारमा भइरहेको छ। वितरण योजना अनुसार नगरपालिकाको वडा नं ०१, ०५, ०६, ०७ , ०८, ०९, १०,  ११, १२ , १३, मा रहेका ४ कृषि सहकारी, ५ वटा कृषक समुह ६ वटा कृषि फर्म लगायत ९ जना कृषकहरुको आवश्यक्ता माग अनुसार वितरण गरिएको हो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय