“सबै महिला तथा बालिकाविरुद्धको डिजिटल हिंसा अन्त्य गर्न एकजुट हौं” थीमको रूपमा, विद्यालयदेखि समुदायसम्म सचेतना कार्यक्रमको योजना
काठमाडौं, मंसिर ५। लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अर्को साता मंसिर ९ गतेदेखि सुरु हुनेछ। यस वर्षको अभियान “सबै महिला तथा बालिकाविरुद्धको डिजिटल हिंसा अन्त्य गर्न एकजुट हौं” (Unite to End Digital Violence Against All Women and Girls) राखिएको छ।
अभियानको पूर्वाधारमा आज भएको तयारी बैठकमा विद्यालयस्तरदेखि सामुदायिकस्तरसम्म विविध कार्यक्रमहरू आयोजना गर्ने निर्णय भएको छ। अभियान अन्तर्गत विद्यालयमा बालबालिकालाई लैंगिक हिंसा र डिजिटल हिंसाका विषयमा जानकारी दिई पत्रचार कार्यक्रम सञ्चालन गरिनेछ।
बुढानिलकण्ठ नगरपालिकाका उप-प्रमुख अनिता लामाले भनिन, “यस पटकको अभियानले डिजिटल हिंसामा केन्द्रित गर्दै आधुनिक प्रविधिले ल्याएको चुनौतीमाथि सामूहिक रूपमा लड्ने बेला आएको छ। विद्यालयदेखि समुदायसम्म सबैलाई संलग्न गराउने योजना छ। वडा वडामा सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने भएकोले यसले सीधै समुदायसम्म पुग्न सहयोग गर्नेछ। सहकारी संस्था, श्रमिक महिला समूह र कृषक समूहहरूको नेतृत्वमा पनि कार्यक्रमहरू सञ्चालन गरिनेछ।”
अभियान मंसिर ९ गते अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसको रूपमा सुरु भई मंसिर २४ गते मानव अधिकार दिवसमा समापन हुनेछ। यस अवधिमा डिजिटल हिंसा विरुद्धका विभिन्न जनचेतना अभियान, शैक्षिक कार्यक्रम र सामुदायिक संवादहरू आयोजना गरिने निर्धारण गरिएको छ।






