बुढानीलकण्ठ, कात्तिक १७ – बुढानीलकण्ठ नगरपालिका वडा नं. १ स्थित MBU Hill Cafe and Restaurant मा आज दिउँसो १:५० बजे सर्प प्रवेश गरेको जानकारी प्राप्त भएपछि नगरपालिकाको उद्धार टोलीले सफलतापूर्वक उद्धार कार्य सम्पन्न गरेको छ।

वडा अध्यक्ष सुरेन्द्र लामाबाट जानकारी प्राप्त भएपछि बुढानीलकण्ठ नगरपालिकाबाट नगर प्रहरीको टोली परिचालित गरी उक्त सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिइएको हो। उद्धार पश्चात सर्पलाई मानव बस्तीबाट टाढा, सुरक्षित स्थानमा छाडिएको नगरपालिकाले जनाएको छ। उद्धार गरिएको सर्प किङ्ग कोब्रा (King Cobra) प्रजातिको रहेको पुष्टि गरिएको छ।

बुढानीलकण्ठ नगरपालिकाले गत ज्येष्ठ ३१ गते विज्ञहरूको सहयोगमा नगर प्रहरी बललाई एक दिने सर्प उद्धार तालिम प्रदान गरेको थियो। सो तालिमपछि हालसम्म नगर प्रहरी टोलीले ३२ वटा सर्पहरूलाई जीवितै उद्धार गरी सुरक्षित स्थानमा छाड्न सफल भएको छ।

नगरपालिकाका अनुसार, यस्ता उद्धार कार्यहरूले जनसुरक्षा र जैविक विविधताको संरक्षणमा सहयोग पुगेको छ। स्थानीयवासीहरूले समयमै उद्धार कार्य भएकोमा नगरपालिका र नगर प्रहरीप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय