बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम भईरहेको छ। नगर प्रहरी, विपद शाखा लगायत अन्य आवश्यक कर्मचारीहरुलाई विपद सम्वन्धि प्रशिक्षित गराउने उद्देश्यले नगरपालिकाको आयोजना र नेपाल रेडक्रस को समन्वयमा ४ दिने तालिम सुरु भएको हो।
नगरपालिकामा हुने विपद प्रतिकार्यहरुमा सामुदायिक स्तर बाट पनि पहल आवश्यक रहेकोले विपदका घटनाहरुमा प्रमुख प्रतिकार्यको लागि आधारभुत तथा अभ्यास मुलक तालिम नगरपालिकाले प्रदान गरेको हो। यस ४ दिने तालिममा नगरपालिकाका १८ नगर प्रहरी लगायत विपद शाखाका केहि प्रतिनिधीहरु सहभागि छन्।
यस तालिममा सहभागि शिक्षार्थिहरुलाई नेपाल रेडक्रस सोसाईटिका विज्ञ प्रशिक्षकहरुले विभिन्न किसिमका अभ्यास मुलक तालिम मार्फत विपदको स्थितिमा प्रतिकार्यको प्राविधीक शैलि र आधारभुत जिवन सुरक्षाका ज्ञान दिईन्छ। “तालिम अवधि भर विभिन्न सत्रहरुमा पानिमा डुबेका व्यक्तिहरुलाई बचाउने तरिका, घर भित्र च्यापिएका मानिसहरुलाई उद्दार, आगलागिका घटनामा प्रतिकार्य तरिका लगायत प्राथमिक उपचारका बिधि र उद्दार गरिएका घाईतेहरुलाई सम्बन्धित स्थान\ अस्पताल सम्म सुरक्षित तरिकाले लैजाने शैलिहरु सिकाईने छ”, प्रशीक्षण संयोजक नवराज भण्डारीले जानकारी दिनु भयो।
तालिमको आईतबार भएको उद्घाटन कार्यक्रममा नगरपालिका उप-प्रमुख रमा देवि राई, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ सापकोटा, प्रशासकिय अधिकृत जयराम गजुरेल, रोजगार संयोजक राजकुमार भण्डारी, नेपाल रेडक्रस सोसाईटि काठमाडौं सभापति मथुराम श्रेष्ठ लगयात प्रिशिक्षक संगिता महर्जन, कृष्ण प्रसाद अधिकारी, ईन्दिरा पौडेल, सन्तोष महर्जन, रमन कृष्ण महर्जनको उपस्थिति थियो।
उद्घाटन कार्यक्रममा प्रशासकिय अधिकृत बैकुण्ठ सापकोटाले शिक्षार्थिहरुलाई यस तालिम अति आवश्यक रहेकोले अनुशासन र सक्रिय रहेर तालिम लिन निर्देशन दिनु भएको थियो। त्यस्तै उप-मेयर रमा देविराईले यस तालिमबाट विपदको समयमा व्यवहारमा उतार्न सक्ने गरि सिप र ज्ञान लिनुहुन सहभागिहरुलाई अनुरोध गर्नु भयो।