बूढानीलकण्ठ नगरपालिकाद्वारा नगरप्रहरीहरूलाई अग्नि निवारण तथा उद्दारका लागि ७ दिने आधारभूत तालिम दिइएकाे छ ।
नगरपालिकामा मानविय या अमानविय तरिकाले आगलागी तथा अन्य विपद भएमा, सबैभन्दा पहिले जानकारी प्राप्त गर्ने र प्रतिक्रियाकर्ता स्थानीय नै हुन् । त्यसैले, सुरक्षात्मक तरिकाले जाेखिम न्यूनिकरण, अग्नि निवारण तथा उद्दार गर्नका लागि समुदाय स्तरकाे विपद प्रतिकार्य तालिम १८ नगरप्रहरी र १२ नेपाली सेना गरी ३० जनालाई दिइएकाे हाे ।
बूढानीलकण्ठ नगरपालिकाले याे तालिम नेपाली सेना, दि फेमस महेन्द्र दल गण र काठमाडाैँ महानगरपालिका, जुद्ध वारूण यन्त्र कार्यलय सँगकाे सहकार्यमा संचालन गरेकाे हाे ।
सात दिने तालिम फागुन ५ गते ‘दि फेमस महेन्द्र दल’ गणकाे मैदानमा प्रशिक्षणार्थीहरुकाे विशेष प्रदर्शनीका साथ समापन भएको छ। उक्त समापन कार्यक्रममा प्रशिर्क्षाथीहरूले घरमा( एकै पटक २ ठाँउमा), वनमा, र ग्यास सिलिन्डर, पेट्राेलियम पदार्थ लगायतबाट आगलागी भएका अवस्थाहरूमा गरिने अग्नि निवारण प्रक्रियाकाे दमकल प्रदर्शन गर्नु भएकाे थियाे ।
यसका साथै नगरप्रमुख ज्यूद्वारा प्रशिक्षणार्थीहरूलाइ प्रमाणपत्र वितरण गरीएकाे थियाे । आगामी दिनहरूमा आगलागी तथा अन्य बहुप्रकाेपकाे निवारण गर्न आवश्यक उन्नत प्रशिक्षण उपलब्ध गराउने तयारी भईरहेको नगरप्रमुख ज्यूले जानकारी दिनुभएको छ।
प्रदर्शनी तथा समापन कार्यक्रममा नगरप्रमुख उद्धव प्रसाद खरेल, प्र.से. रमेश खड्का, काठमाडाैँ महानगरपालिका अग्नी निवारण कार्यक्रमकाे प्रमुख लिला राज गाछा मगर, वडा नं ०५ अध्यक्ष बिजय तामाङ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटा र प्रशासन महाशाखा प्रमुख जयराम गजुरेलकाे उपस्थिति रहेकाे थियाे ।