बुढानीलकण्ठ नगरपालिका अन्तर्गत अधिकृतस्तर छैठौं, सातौँ र आठौँ तहमा कार्यरत कर्मचारीहरूका लागि आयोजना गरिएको ३ दिने क्षमता विकास तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमले कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धि, नेतृत्व क्षमता विकास तथा सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। समापन समारोहमा नगर प्रमुख मिठाराम अधिकारीले तालिमले कर्मचारीहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरेको उल्लेख गर्दै यसले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।  दक्ष र उत्तरदायी प्रशासन निर्माणका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने पनि बताएका थिए।

त्यसैगरी उप–प्रमुख अनिता लामा ले क्षमता विकास बिना सुशासन सम्भव नहुने धारणा राख्दै कर्मचारीहरूलाई सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।कार्यक्रममा सुशासन समितिका संयोजक तथा वडा नं. १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं. ९ का अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको समेत उपस्थिति रहेको थियो। ३ दिनसम्म सञ्चालन भएको उक्त तालिममा सहभागी कर्मचारीहरूले प्रशासनिक दक्षता, सेवा प्रवाह सुधार, निर्णय क्षमता र कार्यसम्पादनमा नवीन दृष्टिकोण सम्बन्धी विविध विषयमा प्रशिक्षण प्राप्त गरेका थिए। नगरपालिकाले यस्ता क्षमता अभिवृद्धि कार्यक्रममार्फत संस्थागत सुदृढीकरण र नागरिकमैत्री सेवा प्रवाहमा थप टेवा पुग्ने विश्वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय