ह्यान्ड बल मैदानकाे स्तराेन्नती कार्य सुरू भएकाे छ । यस कार्यकाे लागि ९ कराेडमा P.S.-SHC-GSHC (J/V) कम्पनी सँग सम्झाैता भएकाे छ । यस अन्तर्गत १००० जना सम्म अटाउने क्षमता भएकाे प्याराफिट र अन्य संरचनाहरू जस्तै बेसमेन्ट पार्किङ, चेन्जिङ रूम र क्याफेटेरिया समेतकाे निर्माण गर्ने याेजना रहेकाे छ ।
डि.पि.आर. का लागि असारमा सम्झाैता भइ स्थानिय समितिसँगकाे छलफल पश्चात कार्तिकमा मैदानकाे थ्रि डि डिजाईन सम्पन्न भएकाे हाे । यस डिजाईनकाे अनुमानित लागत २३ कराेडकाे रहेकाे छ जसमा प्याराफिट, व्यवसायिक मलहरू, बेसमेन्ट पार्किङ, ब्याडमिन्टन काेर्ट, टेबल टेनिस कार्ट, र क्याफेटेरिया समेत रहेकाे छ ।
१८ महिना भित्रमा स्तराेन्नती काे कार्य सम्पन्न गर्ने याेजना रहेकाे छ ।