
बूढानिलकण्ठ नगरपालिका कृषि विकास शाखाले बालि विमा कार्यक्रम ल्याएको छ। कृषी शाखाले बाली विमा गर्ने कृषकहरुका लागि तरकारी विमा (साग बाहेक) वापत कृषकहरुले तिर्ने विमा शूल्कको ५० प्रतिशत रकम उपलब्ध गराउन सकिने व्यवस्था रहेको सुचना निकालेको हो।
कृषि विकास शाखाको आ.व. ०७७\७८ को आन्तरीक स्विकृत कार्यक्रम अनुसार रहेको बालि विमा कार्यक्रमको लागि कृषि शाखाले केहि दायरा भित्र रहेर विमा गर्ने व्यवस्था मिलाएको छ।
विमा गर्न ईच्छूक कृषकहरुलाई तपशिल दायरा भित्र रहेर विमा गर्नुहुन कृषि शाखाले अनुरोध गरेको छ।
तपशीलः
- तरकारी बालि एउटै जात कम्तिमा २ रोपनीमा खेति गरिएको हुन पर्ने छ तर तरकारी खेति लगाईएको ब्लक एकै कृषक वा एक भन्दा बढी कृषकको पनि हुन सक्नेछ। एक भन्दा बढी कृषक भएमा सबैको नाम र कित्ता नम्बर प्रस्ताव फारममा उल्लेख गर्नु पर्ने छ।
- तरकारी खेति भाडामा लिई प्रयोग गरिएको अवस्तामा जग्गाधनि सँग भएको समझौता पत्र र जग्गाको लालपुर्जाको प्रतिलिपि वा भोगाधिकार सम्बन्धी कागजात विमा प्रस्ताव फारम साथ पेश गर्नु पर्ने छ।
- बेर्ना लगाईने तरकारी बालीको हकमा वेर्ना सारेको १० दिन भित्र र बिउ छरी लगाईने तरकारी बालीको हकमा बिउ उम्रेको १० दिन भित्र बीमा गरी सक्नु पर्ने छ।
थप जानकारीको लागि नगरपालिकाको कृषि शाखामा अथवा सम्पर्क नः ९८४११५०१९६,९८४३५०४०४९ मा सम्पर्क गर्न सकिने व्यवहरा उल्लेख छ।