नमुना महिला बेकरी एण्ड क्याफेले चौंथो वार्षिक उत्सव मनाएको छ। चपली महिला महासंघको नेतृत्वमा रहेको यस क्याफेले मंगलबार वडा नं ०२ कार्यलय परीसरमा विशेष समारोह मार्फत उत्सव मनाएको हो।

बि.सं. २०७४ मा स्थापना भएको यस नमुना महिला तथा बेकरी क्याफेले बूढानीलकण्ठ नगरपालिकामा उद्यमशिल विकासको उदाहरणीय कार्यको सुरुवात गरेको थियो। आफ्नो संजालको महिलाहरुले लिएको बेकरी तालिमलाई व्यवहारीक जिवनमा उपयोग गर्दै महिला सशक्तिकरण र उद्यम विकासमा थप टेवा पुर्याउने उद्देश्यले यस व्यवसायिक बेकरी सुरु भएको थियो।

कार्यक्रममा महिला संघ अध्यक्ष तथा बेकरी सञ्चालिका निशा बरालले बेकरीको चार बर्ष अन्तरालमा भएको गतिविधि र बेकरी द्वारा नगरपालिका महिला उद्यम विकासमा भएका प्रभावकारी कार्यहरुको जानकारी गराउनु भएको थियो। उहाले बेकरी स्थापना भए देखी १० जना महिलाहरुलाई प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी सिर्जना गरे संगै बेकरी द्वारा सञ्चालन हुदैँ आएको तालिम कक्ष बाट अहिले सम्म २०० भन्दा बढी महिला तथा सिप युक्त जनशक्ति उत्पादन भईसकेको बताउनु भएको थियो।

बूढानीलकण्ठ नगरपालिकाको वडा नं ०२ वडा कार्यालय नजिकै चपली घुम्ति चोकमा रहेको यस क्याफेको चौंथो वार्षिक समारोहमा विशेष अतिथि प्रधानमंत्रि सल्लहाकार डा. राजन भट्टराई, प्रमुख अतिथी नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, उप प्रमुख रमा देवि राई, वडा नं ०२ अध्यक्ष राजेन्द्र खड्का, नगर सल्लहाकार सुन्दर पर्कुटि लगायत  विभिन्न वडाका महिला सदस्य, महिला तथा पुरुष उद्यमी, महिला अभियन्ता, राजनितिक व्यक्तित्व, समाजसेवि तथा स्थानियको उपस्थिति थियो।

कार्यक्रममा उपस्थित बिशेष अतिथि डा. राजन भट्टराईले नाम काम जस्तै नमुना काम गरेको बेकरीको यस्ता कार्यक्रमहरुमा आफ्नो सहयोग र उपस्थिति हुदैँ आएको बताउनुभएको थियो। उहाले यहाको बेकरी उत्पादनहरुलाई थप प्रोत्साहन गर्न नगरपालिकालाई सुझाव दिनु भयो। यस्तै कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख खरेलले नमुना महिला बेकरीले उद्यम क्षेत्रमा गर्दै आएको कार्यहरु नजिकै बाट नियालिरहेको र आफुले सोचे भन्दा राम्रो प्रगति हुदै आएकोमा खुसि व्यक्त गर्नु भएको थियो। प्रमुखले बेकरीको आवश्यक्ता माग अनुसार बेकरी अझ व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने योजना बनिरहेको जानकारी गराउनु भयो।

नगरपालिका महिला नेतृत्वमा रहनु भएको उप प्रमुख रमा देवि राईले बेकरीले महिला सशक्तिकरण र उद्यम विकासमा यस बेकरीले नगरपालिकामा महत्वपुर्ण भुमिका खेल्दै आएको र अन्य महिलाहरु पनि यस कार्यबाट थप प्रोत्साहन भएको उदाहरण दिनु भएको थियो।

समारोहमा विशेष सम्मान कार्यक्रम मार्फत  बेकरी सञ्चालन सदस्य , कर्मचारी र सहयोगि संघ संस्थाहरुलाई  सम्मान गरिएको थियो।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय