बूढानीलकण्ठमा उद्यमशिलता विकास गर्नका लागी नगरपालिकाले ६० लाख विनियाेजन गरेकाे छ । उद्यमशिलता विकासका कार्यक्रम अन्तर्गत यस नगरपालिकाले विभिन्न प्रकारका व्यवसाय स्थापनाका गर्नका लागि आर्थिक सहयाेग प्रदान गर्न लागेकाे हाे । 

 

व्यवसाय मूलक प्रकारका ५ व्यक्तिगत प्रस्तावहरू छनाैट गरि  उद्यमीहरूलाइ  प्रति फर्म २ लाख सम्मकाे वितिय टेवा प्रदान गरिने छ । ५ जना वा साे भन्दा बढी व्यक्तिहरूकाे समूह भएमा, उत्पादन मूलक उद्यम स्थापनाकाे लागि जम्मा ४ प्रस्तावना छनाैट गरिनेछ । 

 

प्रति समूह १० लाख सम्मकाे बजेट उपर नगरपालिकाले बित्तिय सहयाेग प्रदान गर्नेछ । गैरसरकारी संस्थासँग साझेदारी गरि उत्पादन मूलक उद्यमकाे स्थापना गर्न छनाैट भएका २ उद्यमलाइ प्रति संस्था ५ लाख सहयाेग प्रदान गरिने छ । 

 

यस कार्यक्रम अन्तर्गत सहभागी भइ लाभांभीत हुन इच्छुक, नगरभित्र बसाेबास गर्ने व्यक्ति या समु्हले यहि फागुन १५ गते भित्र नगरपालिकामा रहेकाे निर्देशक कार्यलयमा कार्यविधिमा उल्लेखित अनुसुची-३ बमाेजिमकाे ढाँचामा आवेदन दिर्नु पर्नेछ ।

 

आफूले गर्न चाहेकाे व्यवसाय वा उद्यममकाे विवरण, प्रस्तावित याेजना, अनुदान माग गरेकाे रकम, नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि रहेकाे छ । समुहकाे भएमा, समुह  गठनकाे उपस्थिति, सहभागी संख्या, उद्यममकाे किसिम र साे का लागी आवश्यक रकम, बित्तिय टेवा सम्बन्धी उल्लेखित निर्णयकाे माइन्यूटकाे प्रतिलिपि र प्रतिवद्दता संलग्न गरि पेश गर्नुपर्ने छ । 

 

प्राप्त प्रस्तावहरू बूढानीलकण्ठ नगरपालिकाकाे उद्यमशिलता विकास सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७७ बमाेजिम मुल्यांकन गरिने छ, जस अन्तर्गत विभिन्न आधारमा अंकभार विभाजन गरिएकाे छ । सबैभन्दा बढी अंक प्राप्त प्रस्तावहरू लाइ छनाैट गरिने छ र समान अंक प्राप्त भएमा प्राथमिकताकाे आधारका प्रस्ताव छनाैट गरिने छ ।

 

यस कार्यक्रम  र उद्यमशिलता विकास सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७७ सम्बन्धी थप जानकारी लिन चाहेमा याहाहरूले नगरपालिकाकाे वेबसाइट बाट डाउनलाेड गर्न सक्नु हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय