बूढानीलकण्ठ नगरपालिका वडा नं ११ को कृष्ण मंदिर देखी सहिद पार्क सम्मको बाटो विस्तार हुदैँ छ। बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिका जोड्ने छोटो दुरीको यस मार्ग चौडाई गर्ने काम भईरहेको हो।
कृष्ण मंदिर, डाँडागाऊ कार्कि टोल, जगडोल चारघरे ,झण्डा पार्क हुदै शहिद पार्क गेट अगाडि सम्मको करीव ३ की.मी. बाटो निर्माण भएतापनि यसको स्तरोन्नति हुन नसकेको कारण स्थानियहरुलाई उक्त मार्ग प्रयोग गर्न समस्या भईरहेको स्थिति थियो। बाटो हिलो, सडक बत्तिको अभाव तथा पहिरोको जोखिम रहेको यस मार्गमा कठिनाईहरु भईरहेकोले स्थानियहरु आवत जावत गर्न लामो दुरीको जोरपाटि, पैयाटार, चुनिखेल जस्ता वैकल्पिक बाटो प्रयोग गर्न बाध्य थिए।
बाटोको स्तरोन्नतिको लागि स्थानीय वासी र वडाको संयुक्त आवश्यक्ता माग र पहल अनुसार सहरी विकास मन्त्रालयको सडक डिभिजनले यस बाटो विस्तार र स्तरोन्नतिको योजना आर्थिक बर्ष २०७३\७४ मा सुरु गरेको थियो। विगत ३ बर्ष देखि सुरु भएको यस योजना अन्तर्गत बाटोको चौडाई २२ मिटर गरिने र आवश्यक खण्डहरुमा पर्खाल लगाउने कार्य हुदैँ आएको छ।
कृ्ष्ण मंदिर देखि डाँडागाऊ कार्की टोल मार्गको केहि खण्डमा सडक ढलान, दाँया वाँया २.५ मिटरको पर्खाल लगाउने काम र सडक संगै रहेको खानेपानी धारा संरक्षणको काम सकिएको छ। कार्की टोल देखि जगडोल चारघरे र झण्डा पार्क सम्मको पहिरो जोखिम रहेको खण्डहरुमा आवश्यक्ता अनुसारको १० देखी १५ मिटर रिटेनिङ पर्खाल लगाउने काम भएको छ।
यस्तै सडक खण्ड छेउमा रहेको झण्डा पार्क जाने मार्गमा भर्याङ र झण्डा पार्क संरक्षणको काम स्थानीय तह अन्तर्गत भएको जानकारी वडा अध्यक्ष राजु अधिकारीले दिनु भयो। उहाले सडक विस्तारको काम सकिए लगतै बाटो ढलान र कालोपत्रे गर्नको लागि तयार गर्ने वडाको योजना रहेको बताउनु भयो ।