बूढानीलकण्ठ, भदौ १२ गते ।
बूढानीलकण्ठ नगरपालिकाकामा ‘नयाँ पुस्ताका लागि सडक सुरक्षा कार्यक्रम’ सञ्चालन हुने भएको छ ।
काठमाडौं जिल्ला शाखाबाट सञ्चालन हुन लागेको ‘नयाँ पुस्ताका लागि सडक सुरक्षा सम्बन्धी विश्वव्यापी शैक्षिक कार्यक्रम’ (Road Safety Education for the Next Generation Program) कार्यान्वयन गर्न बूढानीलकण्ठ नगरपालिका र नेपाल रेडक्रस सोसाईटि बिच भदौ ११ गते (सोमबार) सम्झौेतामा हस्ताक्षर भएको छ । सम्झौतामा नगर प्रमुख मीठाराम अधिकारी र नेपाल रेडक्रस सइसाईटी काठमाडौ जिल्ला शाखा सभापति श्याम काजि डोटेलले हस्ताक्षर गर्नुभएको थियो ।
किशोर–किशोरीहरूलाई सडकमा जोखिमपूर्ण ब्यवहार सिकाउने, दुर्घटनाबाट जोगिने उपाय, सडकका गल्ली अथवा सडकमा गर्ने सुरक्षित व्यवहार तथा आफ्नो जीवनको सुरक्षाका बिचमा विद्यमान सम्बन्धहरूका बारेमा सचेतना फैलाउनु, सक्रिय हुनु, सडक सुरक्षासम्बन्धी सिर्जनशील सन्देशहरू बनाउनु र विद्यालय जाने बाटो, वातावरण र सो भन्दा परको क्षेत्रका लागि सडक सुरक्षासम्बन्धी कदमहरूको कार्यान्वयन गर्नका लागि कार्ययोजना तयार पार्ने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सभापति श्याम काजि डोटेलले बताउनुभयो ।
कार्यक्रम नगरपालिकाका १९ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालयमा कार्यान्वयन हुने छ । ज्ञान सम्बन्धी प्रयोगात्मक अभ्यास सिकाउनुका साथसाथै सिकाईको मोड्युल अनुसार विद्यालयमा शैक्षिक सामाग्रि तथा खेलकुद सामाग्रीहरु वितरण गरिने सभापति डोटेलले जानकारी दिनुभयो ।
नगरपालिकाको सभाहलमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम अर्याल, शिक्षा महाशाखा प्रमुख ललित बिक्रम सिंह, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल लगायत नेपाल रेडक्रस सोसाईटी काठमाडौ जिल्ला शाखा सभापति श्यामकाजी डोटेल, मन्त्री बृद्दिमान शाक्य, कोषाध्यक्ष लक्मी रत्न तुलाधर तथा अन्य रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो ।