बुढानीलकण्ठ नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई सम्मान गर्ने भएको छ।
यसका लागि आवश्यक कागजातसहित विवरण भदौ १६ गतेभित्र नगरपालिकामा बुझाउन आग्रह गरिएको छ।
बुझाउनुपर्ने कागजातमा नागरिकताको प्रतिलिपि, पदक प्राप्त भएको प्रमाणपत्र, खेल आयोजनाको विवरण तथा फोटो समावेश गर्नुपर्नेछ।







