बुढानीलकण्ठ नगरपालिका वडा नं. २ ले सार्वजनिक सूचना जारी गर्दै वडा क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाको नापजाँच गर्ने भएको छ। सार्वजनिक सम्पत्ति संरक्षण र प्रभावकारी उपयोगका लागि वडा कार्यालयले प्रविधिक टोलीको सहभागितामा सार्वजनिक स्थलको सीमांकन र नापजाँचको कार्य अगाडि बढाउन लागेको हो।
सूचना अनुसार बुढानीलकण्ठ नगरपालिका वडा नं. २ मा पर्ने ज्येष्ठ जागरीक पार्क तथा त्यसको उत्तर, पश्चिम र दक्षिण दिशामा रहेको सार्वजनिक जग्गामा र वडा नं. २ र ३ को सिमानामा जोडिएको सार्वजनिक जग्गा नापजाँच कार्य गरिनेछ। सो नापजाँच कार्य श्रावण ३० गते (शुक्रबार), बिहान ११ बजेबाट सुरु हुनेछ।
वडाले सार्वजनिक सूचना मार्फत सम्बन्धित जग्गा छेउछाउका स्थानीय बासिन्दा, सम्पर्कित जग्गाधनी तथा सरोकारवालाहरुलाई उक्त समयमा आफूसँग सम्बन्धित प्रमाणसहित उपस्थित भई सहयोग गर्न अनुरोध गरेको छ।
वडाध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा नगरवासीको सहकार्य र जानकारीका लागि यो सूचना प्रकाशित गरिएको उल्लेख छ।







