बागमती प्रदेश क्षेत्र नं. ४ (ख) बाट निर्वाचित माननीय जयराम थापा लाई बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रीको रूपमा नियुक्ति भएकोमा बधाई तथा स्वागत स्वरुप कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, सम्पूर्ण वडाका वडाध्यक्ष, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौला, नगरपालिका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
नगर प्रमुख मिठाराम अधिकारीले माननीय मन्त्री थापाको नियुक्तिप्रति खुशी व्यक्त गर्दै, आगामी दिनमा स्थानीय विकास, रोजगारी सिर्जना र यातायात सुधारतर्फ प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
मन्त्री जयराम थापाले स्वागत कार्यक्रममा बोल्दै, “स्थानीय तहसँग मिलेर श्रम र रोजगार क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने, यातायात प्रणालीलाई थप व्यवस्थित बनाउने र जनता माझ सेवाप्रतिको पहुँच बढाउने मेरो प्राथमिकता हुनेछ। तपाईंहरूको सहयोग र सुझावले हामीलाई लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,” भन्नुभयो।
कार्यक्रम स्वागत मन्तव्य र शुभकामना आदानप्रदानसहित सम्पन्न भएको थियो।







