बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेलले तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसारको अवसरमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ।

बूढानीलकण्ठ नगरपालिका भित्र तथा नेपाल भरका सबै तामाङ समुदायका व्यक्तिहरुलाई यस पर्व ,आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न  प्रेरित गर्दै  सामाजिक सद्भाव अभिवृद्धि  गर्न आग्रह समेत गर्नु भएको छ।

सोनाम ल्होछार, नेपालको मध्य पहाडी क्षेत्रमा बसोवास गर्दै आएको तामाङ जातिको मुख्य चाड हो । ‘सोनाम लोसार’ योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन् । यो तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ ।

विविध चाड पर्व, धर्म , संस्कृति , समुदायहरुको बसोवास भएको बूढानीलकण्ठ नगरपालिकामा पनी तामाङ समुदायले सोनाम लोसार भव्य रुपमा मनाईन्छ। बाक्लो तामाङ समुदाय रहेको नगरपालिकाको  तौलुङ, ठुलोगाँऊ, चिसेनी, पेन्देल गाँउ, नारायणस्थान लगायत कपनको अन्य ठाँउहरुमा विभिन्न कार्यक्रम आयोजना  गरि मनाईदै आएको छ।

त्यस्तै नगरपालिका उपमेयर रमा देवि राईले पनी सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ। उहाँले नगरपालिकामा बसोबास गर्नुहुने सबै तामाङ समुदायमा लोसारको रौनकले परिवार र नगरमा सुख शान्ति र प्रगतिको कामना गर्नु भएको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय