बूढानीलकण्ठ, श्रावण ३२ गते ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. २ को कार्यालयले आर्थिक वर्ष २०८०/८१ को श्रावण महिनामा संकलन गरिएको राजश्व सार्वजनिक गरेको छ ।
आ.व. २०८०/८१ को पहिलो महिना श्रावण १ गते देखि ३२ गतेसम्म विभिन्न शिर्षक मार्फत कूल ३८ लाख ७३ हजार ४ सय २० रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै राजश्व घर बहालकर बाट १७ लाख ५४ हजार ७ सय १३ रकम प्राप्त भएको छ भने सो रकमलाई पछ्याउँदै सम्पत्ति कर मार्फत १४ लाख ९० हजार २ सय ३७ प्राप्त भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।