निजी आवास पुननिर्माणकाे दाेस्राे किस्ताकाे रकम लिनकाे लागि २०७७ फागुन ४ भित्र आवेदन दिनुहुन लाभग्राहिहरुमा अनुरोध गरिन्छ । 

विभिन्न कारण माघ मसान्तसम्म दाेस्राे किस्ता लिन नआउनुभएकाे भुकम्प पिडित लाभग्राहिहरूले नगरपालिकाकाे पुननिर्माण शाखमा स्वंय उपस्थित भइ  निवेदन दिनु पर्नेछ । निवेदनमा कार्य ढिला हुनुकाे कारण समेत खुलाउन पर्नेछ ।

पुननिर्माणकाे दाेस्राे किस्ता २०७७ फागुन ४ भित्र लिइसक्नु पर्नेछ । निवेदन पेश नभएमा लाभग्राहिहरूकाे किस्ता सिफारिस नहुने र साे रकम स्वतः खारेज हुने व्यवस्था रहेकाे छ। 

यसैगरी तेस्राे किस्ता रकम भने वैशाखमा दिइने र यस आर्थिक वर्ष २०७७/०७८ काे अन्त्यसम्ममा लाभग्राहिहरुलाई पुननिर्माण अनुदानकाे सम्पूर्ण रकम दिने कार्यकाे समापन गर्ने याेजना रहेकाे जानकारी पुननिर्माण शाखबाट प्राप्त भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय