धर्म तथा संस्कृतिकाे विकास र प्रवर्धनका लागि नगरपालिकाले ५ वर्षे याेजना बनाएकाे छ । बहुसांस्कृतिक समुदायकाे बसाेबास रहेकाे यस नगरपालिकामा धर्म तथा संस्कृतिकाे विकास र प्रवर्धनका लागि ५ वर्षे याेजना अन्तर्गत रू. १५१,५२२,००० अनुमानित लागत छुट्टाइने छ ।
ऐतिहासिक एंव पुरातात्विक स्थलकाे संरक्षण गर्न हरेक आर्थिक वर्षमा नगरभित्र रहेका मन्दिर, देवल, गुम्बाहरू आदि मा प्राथमिकिकरण गरी वर्षमा ५ वटा जिर्णाेद्धार मर्मत र सम्भार, र ५ वटा साैन्दर्यकरणकाे कार्य गर्ने याेजना रहेकाे छ । यस कार्यका लागि ५ वर्षे कुल अनुमानित रकम रू. २४,४२०,००० रहेकाे छ ।
धार्मिक तथा सांस्कृतिक संस्था वा समूहहरूकाे संस्थागत विकासमा सहयाेग गर्नका लागि वार्षिक १० वटा कार्यक्रम संचालन गरिनेछ । परम्परागत धर्म, संस्कृति, लिपी आदिकाे विकासमा जाेड दिइ प्रमुख जनजातीहरूकाे भाषा, लिपि र संस्कृतिकाे खाेज, अनुसन्धान र प्रकाशन गरी सुधार गर्ने कार्य समेत धर्म तथा संस्कृतिकाे उपक्षेत्र भित्रकाे परिणात्मक लक्ष्य रहेकाे छ ।
नियमित रूपमा सञ्चालन भएका स्थानिय चाडपर्व तथा जात्रालाइ नियन्तरता दिनका लागी ५ वर्षसम्म वार्षिक १ पटक रू. १,५००,००० देखी रू. २,१९६,००० सम्म प्रदान गरिनेछ । नगरभित्र ५ वर्षमा २५ वटा क्रियापुत्री भवन निर्माणका लागी रू. ६१,०५१,००० लाग्ने अनुमान रहेकाे छ भने नेपाल तामाङ्ग घेदुङ्गकाे भवन निर्माणका लागि रू. ५,०००,००० अनुमानित लागत छुट्टाइने छ ।
यसका साथै, सबै धर्म र संस्कृतिकाे संरक्षण गरि बूढानीलकण्ठमा धार्मिक पर्यटनकाे प्रवर्दन गर्ने याेजना समेत रहेकाे छ ।