बूढानीलकण्ठ, श्रावण ३१ गते ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा बजार अनुगमन भएको छ ।
नगरपालिका बजार अनुगमन समितिले श्रावण २९ गते वडा नं १२ को मुख्य बजार क्षेत्र दुर्गा मंदिर देखि फैका चोक हुँदै खरिवोट सम्म आसपासको क्षेत्रका किराना, माछा-मासु, दुध, तरकारी पसल, मेडिकल हल, भेटरनरी तथा अन्य खाद्य व्यवसायहरुको निरिक्षण गरेको हो ।
निरिक्षणको क्रममा फैका चोक स्थित रहेको एक मेडिकल हलले विना अनुमती मेडिकल संचालन गरिरहेको र विना डाक्टर ओ.पि.डि. तथा यु.सि.जि. , एक्स-रे सेवा प्रदान गरिरहेको पाईएको थियो । अनुमति लिने प्रक्रियामा रहेको मेडिकल संचालकको वयान अनुसार अनुगमन टोलिले उक्त मेडिकललाई आवश्यक प्रक्रिया पूरा नभए सम्मका लागी सेवा बन्द गर्न निर्देशन दिएको संयोजक अनिता लामाले जानकारी दिनुभयो ।
अनुगमन समितिले बजारमा भेटिएका सढेगलेका तथा म्याद गुज्रेका सामान जफत गरेको छ भने दर्ता नगरेका र नविकरण नभएका व्यवसायहरुलाई आवश्यक प्रक्रिया पुरा गर्न १ हफ्ताको समय दिएको छ । साथै सरसफाई र बजार व्यवस्थापनका मापदण्डहरु पालना गर्न अनुरोध गरिएको छ ।
अनुमगनमा संयोजक एवं उपप्रमुख अनिता लामा सहित, वडा नं १२ अध्यक्ष शम्भु भट्टराई, वडा नं १३ सदस्य एवं सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी , वडा सदस्य मिना वयलकोटि, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, अनुगमन समिति सदस्य सचिव अच्युत खड्का, प्रशासन अधिकृत राजकुमार खड्का, राजस्व अधिकृत सञ्जय ढुङ्गाना, पशु सेवा शाखा प्रमुख काजि बहादुर श्रेष्ठ, कृषी शाखा प्राविधिक रुपा सोधुङ, पशु शाखा अधिकृत ओम प्रसाद वाग्ले लगयात नेपाल प्रहरी, नगर प्रहरी र वडा नं १२ का स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।