बूढानीलकण्ठ, श्रावण ३० गते । 

बूढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बजार अनुगमन भएको छ ।

नगरपालिका बजार अनुगमन समितिले श्रावण २९ गते वडा नं १३ को मुख्य बजार क्षेत्र करुना हस्पिटल र वडा कार्यालय क्षेत्र वरपरका किराना, माछा-मासु, दुध, तरकारी तथा अन्य खाद्य व्यवसायहरुको निरिक्षण गरेको थियो ।

अनुगमन समिति संयोजक एवं उपप्रमुख अनिता लामाका अनुसार अनुगमन समितिले बजारमा भेटिएका सढेगलेका तथा म्याद गुज्रेका सामान जफत गरेको छ भने दर्ता नगरेका र नविकरण नभएका व्यवसायहरुलाई आवश्यक प्रक्रिया पुरा गर्न १ हफ्ताको समय दिईएको छ । साथै सरसफाई र बजार व्यवस्थापनका मापदण्डहरु पालना गर्न अनुरोध गरिएको छ ।

अनुमगनमा संयोजक एवं उपप्रमुख अनिता लामा सहित, वडा नं १३ अध्यक्ष टिकेश नारायण श्रेष्ठ, वडा नं १३ सदस्य , प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, अनुगमन समिति सदस्य सचिव अच्युत खड्का, प्रशासन अधिकृत राजकुमार खड्का, राजस्व अधिकृत सञ्जय ढुङ्गाना, पशु सेवा शाखा प्रमुख काजि बहादुर श्रेष्ठ, कृषी शाखा प्रमुख लक्ष्मी धर्ती, पशु शाखा अधिकृत ओम प्रसाद वाग्ले लगयात नेपाल प्रहरी, नगर प्रहरी र वडा नं १३ का स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय