बूढानीलकण्ठ, असोज २२ गते ।
यहि मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४, काठमाडौंले असोज २२ गते (आज) सर्वदलीय बैठक सम्पन्न गरेको छ ।
वडा नं ०२ स्थित ज्येष्ठ नागरिक भवनमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकबाट निर्वाचन आचारसंहिता पालना गर्दै निर्वाचनलाई स्वच्छ निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय भएको निर्वाचन अधिकृत सारदादेवि पौडेलले बताउनुभयो। बैठकमा राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।
सोहि बैठकमा असोज २३ गते (भोलि) उम्मेद्वारहरुको मनोनयन दर्ता गरिने सम्बन्धमा विशेष छलफल भएको थियो ।
मनोनयन दर्ताको क्रममा निर्वाचन अधिकृतको कार्यालयमा हुन सक्ने भिडभाड व्यवस्थापनका लागि राजनीतिक दलहरुविच आपसि सहमति भएको छ ।
सहमति अनुसार उम्मेदवारहरु फरक फरक समयमा आउने निर्णय भएको छ । जसमा स्वतन्त्र उम्मेदवारहरुले १०-११ बजे, नेकपा एमालेले १-२ बजे, राप्रपा २-३ बजे र गठबन्धनका उम्मेदवारहरुले ३-५ बजे भित्र आई मनोनयन दर्ता गर्ने छन् ।