बूढानीलकण्ठ, भाद्र २४ गते ।
बूढानीलकण्ठ नगरपालिकाको आ.व २०७८/०७९ को वार्षिक प्रगति समिक्षा सम्बन्धी २ दिने गोष्ठी सुरु भएको छ ।
नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा ,प्रमुख अतिथी नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ, नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने, नेपाल सरकारका पूर्व सचिव दिपेन्द्र विक्रम थापा, व्यवस्थापन विज्ञ स्नेह सायमी, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक बासुदेव अधिकारी, सम्पुर्ण वडाका वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, नगरपालिका महाशाखा\शाखा प्रमुख एंवम कर्मचारीहरको उपस्थितिमा कार्यक्रम सुरु भएको हो । कार्यक्रम धुलिखेल नगरपालिकाको समन्वयमा धुलिखेल होटल एण्ड रिसोर्टमा सञ्चालन भईरहेको छ ।
समिक्षा कार्यक्रमलाई २ दिनमा विभाजित गरिएको छ । जसमा पहिलो दिन वडा कार्यलय तथा नगरपालिका महाशाखा\शाखाहरुको प्रस्तुतिकरण तथा छलफल भएको थियो भने दोस्रो दिनमा बार्षिक प्रगति समीक्षा तथा चालु आ.व. को नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी गोष्ठी सञ्चालन हुने छ ।
आज भएको पहिलो दिनको प्रस्तुतिकरण कार्यक्रममा सम्पुर्ण वडा तथा महाशाखा\शाखा बाट प्रस्तुतिकरण भएका छन् ।
प्रस्तुतिकरणको क्रममा सम्बन्धित वडा कार्यलयका वडा अध्यक्ष र सचिवले संयुक्त प्रस्तुतिकरण दिनुभएको थियो । जसमा राजश्व, घटना दर्ता, भौतिक पुर्वाधार लगायत समाजिक विकासमा भएका प्रगति विवरणहरु प्रस्तुत भएका थिए । विवरणको तथ्याङ्क अनुसार वडाहरुको राजश्व उठ्ने दर वृद्धि भएको छ । साथै, वडा स्तरीय योजनाहरु सम्झौता भए अनुसार अधिकांश रुपमा सम्पन्न भएका छन् ।
महाशाखा\शाखा बाट सम्बन्धित कार्यालयको प्रमुखहरुले प्रगती विवरण तथ्याङ्क सहितका विवरण, सेवा प्रवाहमा हुने चुनौति लगायत आगामि वर्षमा गरीने योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।
दोस्रो दिनको नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी गोष्ठीको सहजिकरण र प्रशिक्षण विज्ञ टोलिका प्रतिनिधिहरु नेपाल सरकारका पूर्व सचिव दिपेन्द्र विक्रम थापा, व्यवस्थापन विज्ञ स्नेह सायमी र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक बासुदेव अधिकारीले गर्नुहुन्छ ।
कार्यक्रममा सम्बोधन गर्दै नगर उपप्रमुख अनिता लामाले नगरपालिकाको आगामि दिनहरुमा सम्पादन गरिने कार्यहरुको सुरुवात गर्नु अघि विगतमा सञ्चालन भएका योजना र कार्यक्रमहरुको अनुसन्धानत्मक समिक्षा जरुरी रहेकोले यस कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिका जनप्रतिनिधि र प्रशासनिक कर्मचारीहरु विचको समन्वय र सहकार्यबाटनै नगर विकास सम्भव भएकोले सबै पक्षका प्रगती र विवरणहरुको नियमित समिक्षा गर्दै सुधारका पक्षहरु मुल्याङ्कन गर्न जरुरी रहेको बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधिहरु आए पश्चात नगर विकास र सेवा प्रवाहमा चुनौती र अवसर दुबै भएको र यस्तो अवस्थामा काम गर्दा पनि नगरवासि, वडा तथा प्रशासनिक कर्मचारिहरुले विश्वास गरी साथ र सहयोग गर्नुभएकोमा धन्यबाद दिनु भएको थियो । यस समिक्षाबाट नगरपालिकाको हालको स्थिति मुल्याङ्कन हुने भएकोले यसै गोष्ठिबाट आएका प्रगति र चुनौति अनुसार आवश्यक अवसरहरु उत्पादन गर्न सबै निकाय माझ प्रमुख अधिकारीले अनुरोध गर्नु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले धुलिखेल नगरपालिकामा आफ्नो कार्यकालमा भएका उदारणिय कार्यहरुको तथ्याङ्क सहित सुभकामना मन्त्वय प्रस्तुत गर्नुभएको थियो । जसमा शाक्षरता दर, खुल्ला दिशा मुक्त क्षेत्र, पर्यटकिय क्षेत्रमा भएका सुधार, नगर युवा परिषद, अपाङ्ग परिषद, महिला परिषद र धुलिखेलमा भएका उल्लेखनिय कार्यहरुले अन्तराष्ट्रिय ख्याति प्रप्त गरेका विषयहरु समेटिएका थिए । बूढानीलकण्ठ नगरपालिका र धुलिखेल नगरपालिका विचको सम्बन्ध सुमधुर बनाउन आवश्यक समन्वय र सहकार्य गर्न सधै तयार रहेको उहाँले प्रतिवद्दता समेत दिनु भएको थियो ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृतले पहिलो दिनमा भएका प्रस्तुतिहरु एकदमै उत्कृष्ट रहेको बताँउदै प्रस्तुतिकरणबाट आएका विवरण र गुनासोहरुको सम्बोधन गर्नु भएको थियो । वडागत प्रगति विवरणमा आएको उल्लेखनिय राजश्व वृद्धिको विषय नगरपालिकाको उपलब्धिको रुपमा आफुले मुल्याङ्कन गरेको उहाँले बताउनुभयो । साथै, वडागत अनुगमम समितिमा सक्रिय नरहेको गुनासोहरु आएकाले समितिको काम कार्बाहिलाई प्राथमिकताका साथ कार्यन्वयन गर्नुहुन सबैमा अनुरोध गर्नुभएको थियो ।