बूढानीलकण्ठ, भाद्र २० गते । 

बूढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई विशेष प्राथमिकता दिदैँ आएको छ । नगरपालिकाको अनुगमन टोलिले  यस कार्यलाई निरन्तरता दिने क्रममा सोमबार वडा नं ०८ क्षेत्रमा पर्ने नगरपालिका कार्यालय देखि गोल्फुटार चोक सम्मको मुख्य सडकमा रहेका व्यवसायहरुको निरिक्षण गरेको थियो ।

अनुगमन सदस्य तथा राजस्व व्यवस्थापन शाखा प्रमुख अच्युत खड्काका अनुसार निरिक्षणबाट प्राय व्यवसायहरु नविकरण नभएको र कर नतिरेको पाईएको छ । “त्यस्ता व्यवसायहरुलाई ३ दिन भित्र सम्बन्धित निकायमा गई प्रकृया अनुसार राजश्व तिर्न र दर्ता नभएकालाई दर्ता गर्न निर्देशन दिईएका छौँ”, खड्काले जोड्नु भयो ।

वडा नं ०८ हात्तिगौडाँ (नगरपालिका भवन) क्षेत्र देखि गोलफुटार चोक सम्मका ३५ वटा व्यवशायहरुको निरिक्षण गर्दा १८ वटा मात्र दर्ता र नविकरण भएका र बाँकि १७ वटा दर्ता प्रकरियामै नगएको अनुगमन टोलिले जनाएको छ ।

कर र व्यवसायको व्यवस्थापनमा कमजोरी देखिएकोले बूढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाले व्यवसाय सञ्चालकहरुलाई ७ दिन भित्र सुधार गर्न निर्देशन दिनुभएको छ । पून अनुगमन गर्दा पालना नभए कानुन बमोजिम कारबाही गर्न बाध्य हुने जानकारी समेत उहँले दिनुभएको थियो ।

यस्तै केहि होटल, खाध्यान्न तथा मासु व्यवशायहरुको म्याद नागेका र सढेगलेका सामानहरु भेटिएकाले उकत सामाग्रिहरु बरामद गरी नष्ट गरिएको थियो ।

सोमबार भएको उप प्रमुख अनितालामा नेतृत्वको अनुगमनमा वडा नं ०८ वडा अध्यक्ष सुमन तामाङ, वडा नं ०३ सदस्य विक्रमराज श्रेष्ठ, राजश्व शाखा प्रमुख अच्युत खड्का, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहाल, आर्थिक प्रशासन शाखा प्रमुख मिनराज खड्का,  नगरपालिका प्रशासन शाखा अधिकृत राजकुमार थापा, पशु सेवा शाखा सहायक अधिकृत  विष्णु प्रसाद न्यौपाने, समाजसेवि महेश श्रेष्ठ, नेपाल प्रहरी लगायत नगर प्रहरीको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय