बूढानिलकण्ठ, भाद्र १५ गते ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा आयोजित गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत बूढानिलकण्ठ नगरपालिका भित्रका सबै वडाहरुमा विवरण संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
संकलन कार्य अन्तिम चरणमा रहेको हुँदा विवरण टिपाउन छुट भएका घरपरिवारहरुले भाद्र मसान्त सम्म सम्बन्धित वडा कार्यालय, सुपरभाईजर तथा गणकहरु संग सम्पर्क गरी विवरण टिपाउनुहुन नगरपालिकाले अनुरोध गरेको छ ।