
बूढानीलकण्ठ, भाद्र १४ गते ।
भाद्र २३ गते का दिन मनाइने ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवशको अवसरमा वडा नं ०३ स्थित श्री बूढानीलकण्ठ माध्यमिक विद्यालयमा विहान ११:०० बजेदेखि कार्यक्रम हुने भएको छ । बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा विद्यालय र विद्यार्थिहरुको प्रोत्साहन प्रयोजकालागि कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा वि.सं. २०७८ सालमा लिइएको एस.ई.ई. परीक्षमा विद्यालयगत रुपमा प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाण पत्र सहित सम्मान गरीने शिक्षा महाशाखाले जनाएको छ ।
साथै, नगरपालिकाभित्र औपचारिक रुपमा अनुमति प्राप्त गरी संचालन भएको २० वर्ष अवधि पूरा गरेका विद्यालय लगायत मापदण्डका आधारमा मूल्याङ्कन भई उत्कृष्ट घोषणा भएका १ जना शिक्षकलाई विद्यालयको सिफारिसको आधारमा सम्मान गरिने छ ।
वृहत सम्मान कार्यक्रम रहेकोले विद्यालयहरुलाई शिक्षा, युवा तथा खेलकुद महाशाखाबाट माग गरिएको विवरणहरु भाद्र १९ गते भित्र उपलब्ध गराइदिनुहुन महाशाखाले अनुरोध गरेको छ ।