बूढानीलकण्ठ, भाद्र १४ गते ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७ ले निर्धारण गरे बमोजिम नगर शिक्षा समितिको मिति २०७९ ज्येष्ठ २८ गतेको निर्णय अनुसार शैक्षिक तथ्याङक २०७८ को आधारमा विद्यालयगत रुपमा छात्रवृति कोटा कायम गरी कार्यान्वयनका लागि विद्यालयहरुलाई पत्राचार गरिएको थियो ।
अधिकांश विद्यालयहरुबाट उक्त पत्र मुताविक छात्रवृति वितरण नगरिएको पाइएकाले नगर शिक्षा, युवा तथा खेलकुद महाशाखाको गम्भिर ध्यान आकर्षण भएको छ ।
शिक्षा महाशाखाबाट कायम भएको ढाँचा अनुसारका छात्रवृति वितरण प्रक्रिया नमिलेका धेरै जसो निवेदनहरु बदर भएका छन् ।
तत्काल उक्त निर्णय सच्याई महाशाखाबाट कायम गरेको छात्रवृति कोटा, संख्या र ढाँचाका आधारमा छात्रवृति वितरण गरी सोको नामनामेसी विवरण (soft copy समेत) महाशाखामा यही भाद्र मसान्त भित्र पेस गर्न महाशाखाले अनुरोध गरेको छ ।
प्रक्रिया अनुसारको छात्रविति प्रदान नगर्ने विद्यालयहरुलाई आगामि बर्ष (वि.सं. २०८०) को कक्षा ८ को परिक्षाबाट वञ्चित गराईने अथवा बिद्यालय सञ्चालन अनुमति पत्र समेत खारेज गरिने शिक्षा महाशाखाले जनाएको छ ।