बूढानीलकण्ठ, भाद्र १३ गते । 

डेंगु रोगको रोकथाम र नियन्त्रण कार्यमा सक्रियताका साथ लागि पर्नुहुन सम्बन्धित सबै स्वास्थ्य संस्थाहरुलाई नगरपालिकाले अनुरोध गरेको छ ।

उपत्यका भित्रका पालिकाहरुमा डेंगु रोगका विरामीहरु दिनानुदिन वढ्दो रुपमा देखापरेका हुँदा बूढानीलकण्ठ नगरपालिकामा समेत उक्त रोगले महामारीको रुप लिन सक्ने भएकाले सम्बन्धित प्रतिकार्य स्वास्थ्य संस्थाहरुलई त्यस स्वास्थ्य संस्थाका Catchment Area मा सक्रियताका साथ डेंगु रोगको रोकथाम तथा नियन्त्रणका गतिविधिहरु संचालन गर्न गराउन हुन नगरपालिकाले अनुरोध गरेको हो ।

डेंगुका लक्षणहरु: 

– असाध्यै टाउको दुख्ने

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

–ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने

–शरीरमा विमिरा आउने

–वाकवाकी लाग्ने

– पेट दुख्ने

– नाक वा गिजाबाट रगत बग्ने

– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ  ।

एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन सक्छ ।

बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ ।

-पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।

-पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

-साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय