बूढानीलकण्ठ, भाद्र १२ गते ।
बूढानीलकण्ठ नगरपालिकामा भुमीहिनको समस्या व्यवस्थापन गर्न नगर प्रमुखको संयोजक्त्वमा स्थानीय भुमिहिन तथा अव्यवस्थित वसोवास व्यवस्थापन सहजिकरण समिति गठन भएको छ ।
भुमीहिन सुकुम्बासी, भुमिहिन दलितहरुको भुमि समस्या र अव्यवस्थित बसोवासलाई व्यवस्थापन गर्न नेपाल सरकारले गठन गरेको राष्ट्रिय भुमी आयोग र बूढानीलकण्ठ नगरपालिकाबीच श्रावण १९ गते सम्झौता भए पश्चात यस समिति गठन भएको हो ।
नगर प्रमुख मिठाराम अधिकारी संयोजक रहेको यस समितिमा उप-प्रमुख अनिता लामा उप-संयोजक हुनुहन्छ भने प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने सदस्य सचिवको रुपमा रहनुभएको छ । प्रमुख राजनितिक दलका पदाधिकारीहरु लगायत नगर कार्यपालिका सदस्य दलित महिला सहित दुई जना र सम्बन्धित गैर सरकारी संघ संस्था प्रतिनिधिहरु सदस्यको रुपमा रहने छन् ।
यस समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान,लगत संकलन, प्रमाणिकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहजिकरण गर्छ ।
साथै, स्थानीय तहको अनौपचारिक तथा आव्यस्थित भू-सम्बन्धको वस्तु स्थिति र परिवेश आंकलन, तथ्याङ्क संकलन लगायत नाप नक्सांङ्कन समेत यसको कार्यक्षेत्रमा पर्दछ ।
वडा स्तरमा वडा अध्यक्ष स्वयंको अध्यक्षतामा यस समितिको गठन प्रक्रिया अघि बढिसकेको नगरपालिकाले जनाएको छ । वडा स्तरिय समितिमा वडा अध्यक्ष समितिका अध्यक्षको रुपमा रहनेछन् भने वडाका दलित महिला सदस्य, वडा सदस्य र भुमिहिन समुह/संघ संस्थाका प्रतिनिधिहरु सदस्यको रुपमा रहने व्यवस्था छ ।