बूढानीलकण्ठ, भाद्र ०७ गते ।
बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा श्रावण २५ गते भएको माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता “मेरो विद्यालय मेरो सपना” को नतिजा प्रकाशन भएको छ । प्रतियोगितामा वडा नं ०३ स्थित हिमालयन बोर्डिङ्ग हाई स्कुलकी रचना राई विजेता भएकि छिन् ।
वडा नं ०८ को महाँकाल जनजागृत मा.वि. का असिम थापाले दोस्रो स्थान हात पारेका छन् भने रिलाएन्स ईन्टरनेशनल स्कुलकी हिमेशा काफ्ले तेस्रो र पायोनियर पब्लिक स्कुलकी मेरिना दहालले सान्त्वना पाएकी छिन् ।
बूढानीलकण्ठ नगरपालिका अन्तर्गतका करिब ५० वटा विद्यालयबाट प्रतिनिधित्व गर्दै ५० जना विद्यार्थीहरुले “मेरो विद्यालय, मेरो सपना” शीर्षकमा माध्यमिक विद्यालस्तरीय निबन्ध प्रतियोगितामा भाग लिएका थिए ।
नगरपालीकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले संचालन गरेको यस प्रतियोगितामा विद्यार्थीहरूले एक आदर्श स्कूलको बारेमा आफ्ना बिचारहरूका साथै विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय प्रशासनले आ–आफ्नो तहबाट निर्वाह गर्न सक्ने भूमिकाका बारेमा पनि उल्लेख गरेका छन् ।
बिजेताहरुलाई शिक्षा दिवस २०७९ का दिन नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरीने शिक्षा महाशाखाले जनाएको छ ।
यस प्रतियोगिताबाट विद्यार्थीहरूको भाषिक ज्ञानका साथै विद्यालय सुधारका ३६ वटा मूल्यांकन सूचक मध्यका सम्बन्धित सुचकहरुमा विद्यालयहरूलाई अंक समेत दिइने छ ।