
बूढानीलकण्ठ नगरपालिकाले आ.व. २०७९/०८० को पहिलो महिनामा नै ४ करोड माथि आय संकलन गरेको छ ।
सेवाग्राहीहरुलाई बेलैमा कर तिर्ने उत्प्रेरणा दिनका लागि यस आर्थिक वर्षको प्रथम चौमासिक भित्र कर तिरे १५% सम्म कर छुट गर्ने निर्णयको सदुपयोग गर्दै सेवा ग्राहहरुले यस महिना ४ करोड २१ लाख राजस्व तिरेका छन् ।
नगरपालिकाको निर्णय अनुसार सम्पत्ति कर, बहाल कर, मालपोत कर तथा भूमिकर, र व्यवसाय कर ४ शिर्षकमा कर छुट गरिने छ ।
१५% कर छुट प्राप्त गर्नका लागि तीन महिना भित्र सबै नगरवासीहरुमा राजश्व व्यवस्थापन शाखाले अनुरोध गरेको छ ।