बूढानीलकण्ठ, भदौ ०२ गते । 

बूढानीलकण्ठ नगरपालिका वडा नं ५ विष्णुमति क्षेत्रमा बिहिबार (आज) बजार अनुगमन भएको छ ।

उपमेयर नेतृत्वको बजार अनुगमन टोलीले विष्णुमती वडा कार्यालय क्षेत्र देखि मिलन चोक सम्मका व्यवसायहरुको मुल्य सुचि, साईनवोर्ड, व्यवसाय दर्ता , व्यवसाय नविकरण , खरिद-बिक्रि बिल लगायतको प्रमाण पत्र र कागजातहरु अध्यावधिक भएको नभएको निरिक्षण गरेको थियो ।

नेपालिहरुको राष्ट्रिय पर्वहरु नजिकिदैँ आएको स्थितिमा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गर्ने व्यवशायहरुको छड्के अनुगमनलाई तीव्र पारिएको बजार अनुगमन संयोजक एवं उपप्रमुख अनिता लामाले बताउनुभयो ।

“बिहिबार आकस्मिक निरिक्षणमा निस्केको अनुगमन टोलीले अधिकांश व्यवसायहरु दर्ता भएको तर धेरैको नविकरण प्रक्रिया अनुसार अध्यावधिक नभएको पाएको छ”, राजस्व व्यवस्थापन शाखा प्रमुख अच्युत खड्काले जानकारी दिनुभयो ।

प्रशासकिय अधिकृत केदार कुमार खड्काका अनुसार ३ वटा किराना पसलहरुमा म्याद नाघेका खाद्य वस्तुहरु भेटिएको र माछा/मासु पसलहरुको सरसफाई तथा फोहोर व्यवस्थापनमा कमजोरी देखिएको छ । 

यस्तै अनुगमनको क्रममा औषधि पसल, पोलिक्लिनिक मेडिकल  हरुको निरिक्षण गर्दा मिलनचोक क्षेत्रमा रहेका २ वटा पोलि क्लिनिकहरु दर्ता नभएको जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दहालले जानकारी दिनु भयो ।

यसरी मापदण्ड विपरित सञ्चालन भईरहेका व्यवसायहरुलाई बजार अनुगमन संयोजक अनिता लामाले संचालकहरुलाई म्याद नाघेका सामाग्रिहरु पसलको बिक्रि कक्षमा नराख्न र व्यवसायहरुको दर्ता र नविकरणमा ध्यान दिनुहुन आग्रह गर्नु भएको छ ।

होटल, फलफुल पसल लगायत मासु पसलहरुको सरसफाई र फोहोर व्यवस्थापनको विधिहरु विशेष प्राथमिकताका साथ पालना गर्नुहुन निर्देशन समेत दिनुभयो । व्यवसाय सञ्चालकहरुलाई सुधार गर्न आवश्यक निर्देशन दिए संगै पूनःअनुगमन गर्दा दिईएका निर्देशनहरु पालना नभएको पाईएमा कानुनबमोजिम कारबाही गर्न बाध्य हुने उहाँले बताउनुभयो ।

कर नतिरेका र दर्ता नभएका व्यवसायहरुलाई करको दायरामा ल्याईने वडा नं ०५ अध्यक्ष कृष्ण साह ठकुरिले जानकारी दिनुभयो । दर्ता नभएका व्यवसाय दर्ताको लागि वडाले विशेष अभियान मार्फत घरदैलोमै गई दर्ता गर्ने योजना रहेको उहाँले जोड्नुभयो ।

बजार अनुगमन संयोजक उपमेयर अनिता लामा नेतृत्वमा भएको अनुगमनमा वडा नं ०५ अध्यक्ष कृष्ण साह ठकुरी, सदस्य हेप्सिवा तामाङ, तारा रोक्का, कार्यपालिका सदस्य रामकुमार रोक्का, वडा नं ०३ सदस्य विक्रम राज श्रेष्ठ लगायत प्रशासकिय अधिकृत केदार कुमार खड्का, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल, राजस्व व्यवस्थापन शाखा प्रमुख अच्युत खड्का, आर्थिक प्रशासन महाशाखा प्रमुख मिनराज खड्का, उद्योग पर्यटन शाखा प्रमुख भोला ढुङ्गाना, पशू सेवा शाखा अधिकृत ओम प्रसाद वाग्ले, नगर प्रहरी कमाण्डर रमेश खतिवडा, प्रहरी प्रभाग बूढानीलकण्ठ र स्थानीय समाजसेविहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय