कुङ्ग फू बूढानीलकण्ठको आयोजनामा विभिन्न परम्परागत प्रस्तुतिहरु सहित आज ‘वर्ल्ड कुङ्ग फू-उस्सू डे’ मनाइएको छ ।

बूढानीलकण्ठ मन्दिर परिसरमा आयोजित सो कार्यक्रममा नेपालमै पहिलो पटक भित्र्याइएको ट्रेडिशनल लायन तथा ड्रागन डान्सको प्रस्तुतिकरण गरिएको थियो। त्यस्तै कुङ्ग फू, स डेमो फाइट तथा विभिन्न ट्रेडिशनल कलाहरुको प्रस्तुतिहरु सो कार्यक्रममा समेटिएको प्रशिक्षक सुकुमान तामाङ्गले जानकारी दिनुभयो।

सोहि अवसरमा बुढानीलकण्ठ कुङ्फुले दक्षिण एसियाली खेलकुद (साग) को १२ र १३ औं संस्करणमा लगातार पदक जितेका उसुका हरिप्रसाद गोलेलाई सम्मान गरिएको छ । गोलेले १२औं सागमा रजत र १३औं सागमा थाउलोतर्फ कांस्य जितेका थिए ।

विश्व कुङ्ग फू दिवसको अवसरमा आयोजित सो कार्यक्रमा बूढानीलकण्ठ नगरपालिकामा नवनिर्वाचित नगर उप-प्रमुख अनिता लामा वडा नं १ अध्यक्ष सुरेन्द्र लामा, वडा नं ३ अध्यक्ष आकाश धिताल, वडा नं ०५ अध्यक्ष कृष्ण शाह ठकुरि र वडा नं ०१ सदस्य नविन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

 

नेपालमा पहिलो पटक लायन डान्स तथा ड्रागन डान्स चीनबाट सुकुमान लामाले भित्राएका हुन् ।

कार्यक्रममा उपस्थित नगर उप- प्रमुख अनिता लामाले बूढानीलकण्ठमा उदाउदैँ गरेको कुङ्ग फु खेलको समर्थन गर्दै यसको प्रवर्धन र प्रशिक्षणमा लागि परेका सम्पुर्ण व्यक्ति तथा समुहलाई धन्यवाद व्यक्त गर्नुभयो । प्रस्तुतिमा साना-साना भाईबहिनिहरुले देखाएका कुङ्ग फु नृत्यले निकै आकर्शित बनाएको बताउँदै उनिहरुको प्रशीक्षण र कुङ्ग फु प्रतिको माया सदैव रहिरहोस भन्ने कामना गर्नु भयो । भाई बहिनिहरुको प्रतिभा प्रस्फुटन र प्रशीक्षणको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग पनि गर्ने उहाँले सम्बोधनमा जोड्नुभएको छ ।

सोहि कार्यक्रममा नगर उप-प्रमुख द्वारा विद्यार्थिहरुलाई प्रमाण पत्र र मेडल सहित सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय